कैलाली, पुस ८-
सर्वोच्च अदालतले समुदायका व्यक्तिहरूले अस्थायी रूपमा विवाह दर्ता गर्न पाउने आदेशपछि यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको जोडीले कैलालीमा पहिलोपटक विवाह दर्ता गरेका छन्।
उनीनीहरूले हिन्दुपराम्परा अनुसार ४ वर्षअघि नै विवाह गरेका कैलारी गाँउपालिका ८ का पारलैंगिक पुरूष (ट्रान्स म्यान) प्रकाश चौधरी र दाङको तुलसीपुर उपमहानगरपालिका १ बस्ने पारलैंगिक महिला (ट्रान्स वुमन) मनिला न्यौपानेले विवाह दर्ता गरेका हुन्।
उनीहरूले शुक्रबार कैलारी गाँउपालिका ८ को वडा कार्यालयबाट विवाह दर्ताको प्रमाणपत्र लिएका हुन्।
यसभन्दा अगाडि यसै समुदायका लमजुङका माया गुरूङ र नवलपरासीको सुरेन्द्र पाण्डेले पनि विवाह गरेको ७ वर्षपछि विवाह दर्ता गरेका थिए।