काठमाडौँ पुस ०५-
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा प्रतिनिधिसभा सदस्य रवि लामिछाने नारायणगढदेखि बुटवलसम्म दबाब यात्रा गर्ने भएका छन् । १ सय १३ किलोमिटर लामो सडकमा लामिछानेले पैदल यात्रा गर्दै निर्माण कार्य समयमै सम्पन्न गराउन दबाब दिन लागेका हुन् ।
२०७५ सालदेखि नारायणगढ-बुटवल सडकखण्डको स्तरोन्नति कार्य सुरु भएको थियो । तर निर्धारित समयमा सडक निर्माण सम्पन्न नभएपछि समय थपिएको थियो । थपिएको समयमा पनि निर्माण सम्पन्न गर्ने गरी काम नभइरहेको भन्दै सभापति लामिछानेले दबाब यात्रा गर्न लागेका हुन् ।
सभापति लामिछानेको सचिवालय संयोजकसमेत रहेकी रास्वपाकी सहप्रवक्ता प्रतिभा रावलका अनुसार पुस ९ देखि पैदल यात्रा सुरु हुनेछ । यात्रामा रास्वपाका सांसद र नेताहरू सहभागी हुने भएका छन् ।
ुनिर्धारित समयमा काम नसकिने भएपछि २०८० साउनमा सरकारले उक्त सडकको पश्चिम खण्डका लागि ३५० र पूर्वी खण्डका लागि ३३० दिन म्याद थपेको थियो । दोस्रो पटक थप गरिएको पाँच महिना बित्दा पनि ४० प्रतिशतमात्र काम सम्पन्न भएको छ । अहिलेकै गति जारी रहेमा थप गरिएको समयमा पनि सडक निर्माण सम्पन्न नहुने सडक विभागका कर्मचारी नै बताउँछन् ।