• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, भदौ १५, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

लोकप्रिय समाचार

  • १. रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • २. भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ३. आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४. आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

निकुञ्जले गर्‍यो जङ्गली हात्ती ध्रुवेलाई रेडियो कलर जडान

चितवन, मंसिर २५- चितवन राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती ध्रुवेलाई रेडियो कलर जडान गरेको छ । बस्ती पसेर दुःख दिन थालेपछि निकुञ्जले आज(सोमबार) दिउँसो ३ः१० बजे निकुञ्जको सुखिभार क्षेत्रबाट ध्रुवे हात्तीलाई रेडियो कलर जडान गरेको हो ।

निकुञ्ज प्रशासन, नेपाली सेना, राष्ट्रिय प्रकृति संरक्षण कोष सहितको प्राविधिक टोलीले चार वटा हात्ती प्रयोग गरेर रेडियो कलर जडान गरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । उनका अनुसार, निकुञ्जको मानव बस्तीमा पस्न थालेपछि निगरानी गर्न रेडियोकलर जडान गरिएको हो ।
‘दशैंपछि मानव बस्ती परेर ठुलो क्षती गरेको थियो’, उनले भने ‘जोखिम नियन्त्रण गर्न र त्यसलाई निगरानी गर्न रेडियो कलर जडान गरेका हौँ ।’ अब केही समयका लागि ध्रवे हात्तीबाट जाखिम कम हुने उनको भनाई छ । रेडियो कलर जडानका क्रममा दुई वटा दाह्रा समेत काटेको उनले बताए ।

रेडियो कलर जडानका लागि निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा.विजयकुमार श्रेष्ठको नेतृत्वको प्राविधिक टोली एक सातादेखि परिचालित थियो । हात्तीको खोजिको क्रममा सोमबार सिसवार पोष्टबाट तिन सय मिटर पश्चिमबाट डार्ट गर्न सफल भएको उनले बताए । डार्ट गरेपछि एन्टीजोड दिएर छोडिएको उनले बताए ।

रेडियोकलर जडान गरेपछि हात्ती कहाँ छ र के गर्दैछ भन्ने विषयमा निकुञ्जले सहजरुपमा निगरानी गर्न सक्ने उनले बताए । अरु हात्तीभन्दा चलाख भएकाले ध्रुवेलाई रेडियोकलर जडान गर्न कठिन भएको थियो । यस हात्तीले २० जनाभन्दा बढीको ज्यान लिएको उनको भनाई छ । २०६९ सालमा गोली हानेर कब्जा गर्न सरकारले निर्देशन समेत दिँदा गोली छलेर भागेको चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती वन उपभोक्ता समितिका अध्यक्ष प्रकाश ढुंगानाले बताए । यसलाई सन् २०७०, २०७६मा पनि रेडियो कलर जडान गरिएको थियो । केही समयपछि फालेर सम्पर्क बिहिन भएको उनले बताए ।

‘पहिला पनि रेडियो कलर जडान गरिएको हो । यसले सधै काम गर्दैन । केही समयपछि डाटाले पनि काम गर्दैन । यसमा जडान गरिएको रेडियो कलरले तीन महिना अगाडिदेखि काम गरेको थिएन,’ उनले भने, ‘आज नियन्त्रणमा लिँदा रेडियो कलर समेत उसको साथमा थिएन ।’ यसले सन् २०६९ सालमा चितवन निकुञ्ज आसपासका क्षेत्रमा सबैभन्दा बढी आतंक मच्चाएको थियो । सो समयमा दाह्रा काटेपछि केही शान्त देखिएको थियो । ध्रुवे हात्ती बथानबाट एक्लिएको भालो हात्ती हो । समय समयमा बस्तीमा पसेर मानिसको ज्यान समेत लिने गरेको छ । यसले बस्तीमा पसेर घर भत्काउने, भण्डारण गरिएको खाद्यान्न नष्ट गर्ने गरेको निकुञ्जले बताएको छ । यो प्राय चितवन राष्ट्रिय निकुञ्जको माडी, कसरा, मेघौली क्षेत्र, पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा बढी देखिने गर्दछ ।

सोमबार, मङि्सर २५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला
भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह
बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त
गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह
१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ
गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

लोकप्रिय

  • १.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • २.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ३.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ३.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ४.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ५.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ६.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ७.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • ८.
    गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.