• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, बैशाख ०१, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

लोकप्रिय समाचार

  • १. गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २. आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • ३. आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

क्यानडा अध्ययन गर्न जानेहरुका लागि यो समयमा आवेदन दिँदा हुन्छ उत्तम


काठमाडौँ । पछिल्लो समय नेपाली बिद्यार्थीहरुको क्यानडा आर्कषण बढिरहेका बेला अग्रपंगिंतिमा देखिएको छ काठमाडौँको नयाँ बानेश्वरमा रहेको गोरेटो कन्सल्टेन्सी । अहिले क्यानडा जानका लागि प्लस टु उत्तिर्ण गरेका बिद्यार्थीहरुका लागि सबैभन्दा उत्तम समय हो ।

प्लस टु सकेर बसेका बिद्यार्थीहरुले सेप्टेम्बर इनटेकका लागि यो समयमा क्यानडा जानका लागि तयारी गरिरहेको गोरेटो कन्सल्टेन्सीका सिईओ तथा सिनियर एडभाइजर धिरज कँडेल बताउँछन् । पछिल्लो समय क्यानडा र भारतबिच चलिरहेको शित युद्धको समयमा पनि क्यानडाले भारतीय बिद्यार्थीको भिषा उल्लेख्यरुपमा रद्ध नगरेका कारण क्यानडाको पोलिसी भारतविरुद्ध नभएको समेत सिइओ कँडेलले बताए । यद्यपी भोलीका दिनमा क्यानडा जाने भारतीय बिद्यार्थीहरुको संख्या यही द्धन्द्धका कारण घटेको खण्डमा भने क्यानडाले ठूलो संख्यामा नेपाली बिद्यार्थी लैजाने सक्ने संभावना पनि नर्कान नसकिने सिइओ कँडेल बताउँछन् ।

यसैबिच क्यानडा जाने नेपाली बिद्यार्थीको भिषा डिसिजन बैँगलोर र नयाँ दिल्लीबाट आइरहेको परिप्रेक्षमा भने ति स्थानका डिप्लोम्याट्सहरुलाई सरुवा गरेर अन्य मुलुकहरु जस्तै मलेसिया र सिंगापुर लगिएका कारण केही समय भिषा आउने दिन बढ्ने संभावना भएता पनि भारत क्यानडा द्धन्द्धका कारण नेपाली बिद्यार्थीलाई घाटा भन्दा बढि फाइदा नै हुने उनी बताउँछन् । यही मेसोमा उनले सेप्टेम्बर इनटेकका लागि बिद्यार्थीहरुलाई तयारी गर्न पनि सुझाव दिन्छन् ।

सेप्टेम्बर इनटेक नै किन ?

पछिल्लो समय क्यानाडियन अध्यागमनले नेपालबाट अध्ययन गर्न जाने बिद्यार्थीहरुको भिषा दर विगतका दिनहरु भन्दा केही वृद्धि गरेका बेला प्लस टु उत्तिर्ण गरेर बसेका बिद्यार्थीहरुका लागि व्याचलरका कार्यक्रमहरु अध्ययन गर्न क्यानडा जाने यो सबैभन्दा राम्रो समय हो । यहीबिचमा क्यानडा र भारतको शितयुद्धको कारण यदि इंडियाबाट भिषा डिसिजन नआए क्यानाडियन हाइकमिसन सिंगापुर, मलेसिया वा अन्य कुनै देशको क्यानडियन हाइकमिसनबाट समेत भिषा डिसिजन आउन सक्ने भएकाले पनि सेप्टेम्बर इनटेक धेरैको रोजाईमा परेको सिइओ कँडेल बताउँछन् । सिइओ कँडेलका अनु्सार क्यानाडियन कलेज र विश्वविद्यालयबाट अफर लेटर पाइसकेका बिद्यार्थीहरुले जनवरी वा मे इन्टेकको लागि समयमा भिषा नपाएको खण्डमा डीफर गरि सेप्टेम्बर-२४ इन्टेकमा सिट सार्ने धेरै बिद्यार्थीहरु हुनसक्ने भएकाले सेप्टेम्बर इन्टेकमा सिट संख्या छिट्टै पुग्न सक्ने कुरालाई मध्यनजर गर्दै नयाँँ बिद्यार्थीहरुले सेप्टेम्बर इनटेकमा भर्ना हुन यो समय निकै फलदायी हुने बताए ।

क्यनडाका लागि गोरेटो नै किन ?
पछिल्ला दिन क्यानडा अध्ययनका लागि जाने बिद्यार्थीहरुको आर्कषण बढीरहेका बेला यस्तो समयमा सबैभन्दा उत्तम विषय कुन कन्सल्ट्यानी होला भन्ने दुविधाकाबिच नयाँ बानेश्वरमा रहेको गोरेटो कन्सल्टेन्सी धेरैको रोजाईमा पर्दै आइरहेको छ । यहाँको एक्सपर्ट टिम नै गोरेटोको सबैभन्दा राम्रो विशेष भएको सिनियर काउन्सलर प्रकाश रेग्मी बताउँछन् । गोरेटो धेरै कलेजहरुको आधिकारिक एजेन्ट भएका कारण पनि गोरेटोबाट शतप्रतिशत भिषा आउने संभावना हुने भएृकाले पनि यो धेरै बिद्यार्थीको रोजाईको केन्द्रबिन्दु बनेको रेग्मीको दाबी छ । पछिल्ला दिनमा गोरेटोले आफ्ना शाखाहरु चितवन र विराटनगरमा पनि विस्तार गरेका कारण पनि गोरेटोबाट धेरै क्षेत्रका बिर्थाथीहरुलाई एप्लाई गर्न सहज हुने शतिष भट्ट बताउँछन् ।

विद्यार्थीहरूले क्यानडा गएपछि सुरुवाती दिनहरूमा कामभन्दा पनि अध्ययनलाई बढी प्राथमिकतामा राख्न पर्ने भएका कारण गोरेटोका अर्का काउन्सलर सतिश भट्टले हरेक आवेदकको पढाई, आर्थिक अवस्था, अनुभव फरक–फरक हुने भएकाले सबै डिपिन्डेटमा जाने विद्यार्थी र उनको जीवनसाथीले भिन्दाभिन्दै आवेदन दिनु प्रभावकारी हुने बताउँछन् । क्यानाडाको अध्ययन भिषामा जान विजनेस, कम्प्युटर प्रोग्रामिङ, हस्पिटालिटी, नर्सिङ, फोटोग्राफ्री, बेकरी तथा पेष्ट्री, प्लम्बिङ्ग, कारपेन्ट्री, कृषि तथा सिभिल इन्जिनियरिङ्ग लगायतका विभिन्न शैक्षिक कार्यक्रमहरूमा विद्यार्थीहरूले आवेदन दिन सक्ने काउन्सलर भट्ट बताउँछन् ।

अध्ययनका लागि क्यानडा नै किन ?
आफ्नो चाहनाअनुरूप उचित शैक्षिक शुल्क, छात्रवृत्ति सुविधा पाउन सकिने भएकाले पनि क्यानडा नेपालीका लागि एक उत्कृष्ट शैक्षिक गन्तव्य हुन सक्छ। क्यानडामा उत्कृष्ट विश्वविद्यालयहरू छन्। पढाइसँगै छिट्टै काम गर्ने अनुमति पाउने र पढाइ सकिएपछि नै पिआर पाउने सम्भावना बढी हुने भएकाले पनि क्यानडा राम्रो विकल्प हुन सक्छ। पछिल्लो समय क्यानडा जाने नेपाली विद्यार्थीको संख्या पनि उल्लेख्य बढेको छ। नेपाली विद्यार्थीले क्यानडा रोज्नुपर्ने कारण यति मात्रै होइन। क्यानडामा अन्तराष्ट्रिय विद्यार्थीहरूका लागि सेवा सुविधा पनि राम्रो छ। अध्ययन शूल्क र ट्युसन फी पनि अन्य देशको सस्तो छ।

यसका साथै क्यानडामा अध्ययन गर्ने अन्तराष्ट्रिय विद्यार्थीले विभिन्न छात्रवृत्ति पनि पाउने गर्छन्। क्यानडामा समान्यतया मेरियटबेस छात्रवृत्ति पाउन सकिन्छ। छात्रवृत्ति पाउने सम्भावना यहाँ प्राप्त गरेको जिपिए र क्यानडा गएर प्राप्त गरेको जिपिएमा निर्भर हुन्छ। गुणस्तरीय शिक्षा, छात्रवृत्ति र कामको अवसर नै क्यानडाको विशेषता हो। क्यानडाका विश्वविद्यालयहरूले अन्तर्राष्ट्रिय विद्यार्थीलाई क्षमता अनुसारको छात्रवृत्ति सुविधा दिने गरेका छन्। बजारमा क्यानडाको मौसम बस्नका लागि उत्तम छैन भन्ने खालका हल्ला सुनिन्छ। तर लामो समयदेखि यही क्षेत्रमा काम गरेका गोरेटोका प्रबन्धक निर्देशक धिरज कंडेल यस्ता निराधार हल्लाको विश्वास नगर्न सुझाव दिन्छन्।

सजिलै भिषा पाइन्छ त ?
क्यानडाको भिषा पाउन गाह्रो हुन्छ कि भन्ने अन्यौलता समेत अभिभावक र विद्यार्थीमा हुने गरेको छ। तर अवस्था त्यस्तो नभएको गोरेटोका सिइओ कँडेल बताउँछन् । कँडेलका अनुसार सबै कागजात राम्रोसँग मिलाएको र प्रक्रिया पूरा गरेको खण्डमा क्यानडाको भिषा पाउन गाह्रो छैन। क्यानडा जान भाषा परीक्षामा राम्रो नम्बर ल्याउन आवश्यक हुन्छ। अध्ययनका क्रममा ग्याप भएको खण्डमा त्यसलाई जस्टिफाई गर्नु पर्ने हुन्छ। एक वर्षको ट्युसन फी पहिल्यै नै तिर्ने र आवश्यक कागजात राम्रोसँग तयार गर्न सके क्यानडाका लागि भिषा सजिलै लाग्नसक्छ।

एसओपी कसरी लेख्ने ?

सामान्यतः एसओपीमा आफ्ना योजना के छन्, के गरिरहेको छु, क्यानडा किन जाने, क्यानडाबाट फर्केपछि के गर्ने भन्नजस्ता कुराहरू उल्लेख गर्नुपर्छ। नेपाली विद्यार्थीहरूले एसओपी धेरै राम्रो लेख्छन् भन्ने हुँदैन। एसओपी धेरै राम्रोभन्दा पनि सरल र वास्तविक हुनुपर्छ। सरल र सामान्य भाषामा लेखिएको एसओपीलाई राम्रो मान्न सकिने गोरेटोको तर्क छ ।

कामको अवसर के छ ?

क्यानडा जाने नेपाली विद्यार्थीहरूले रोजगारीको पनि राम्रो अवसर पाउँछन्। विद्यार्थीले अध्ययनका क्रममा सातामा २० घण्टा वर्क-पर्मिट पाउँछन्। समर होलिडे तथा शैक्षिक बिदाका बेला सातामा ४० घण्टासम्म काम गर्ने अवसर पाउँछन् भने दुई वर्षको कोर्स सकेपछि पोष्ट ग्र्याजुयट वर्क पर्मिट प्रोग्रामअन्तर्गत धेरैमा ३ वर्षका लागि काम गर्ने अनुमति पाउँछन्। जसका लागि गोरेटेले नेपालबाट नै केही सहजीकरण गर्न सकिने काउन्सलर भट्ट बताउँछन् ।

मङ्गलबार, मङि्सर १९, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ
आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी
निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी
पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी
होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी
चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

लोकप्रिय

  • १.
    गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • ३.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

भर्खरै

  • १.
    गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • ३.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

  • ४.
    निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

  • ५.
    पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

  • ६.
    आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

  • ७.
    होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

  • ८.
    चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.