गैँडाकोट । पूर्वी नवलपरासीको गैँडाकोटमा एक बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । गैँडाकोट नगरपालिका वडा नं. ६ घर भएकी १२ वर्षिया बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा स्थानीय २२ वर्षका बिनोद बोटे पक्राउ परेका हुन् ।
मंसिर १० गते बालिकालाई ललाईफकाइ गरि करणी गरेर फरार भएका बिनोदलाई इलाका प्रहरी कार्यालय गैँडाकोटको प्रहरी टोलिले मंसिर ११ गते गैँडाकोट ६ को पारिजात पार्क नजिकै लुकिरहेको अवस्थामा पक्राउ गरेको प्रहरी निरीक्षक हस्तबहादुर सुनारले जानकारी दिनुभयो ।
पक्राउ परेका बोटेमाथी थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।