मकवानपुर,मंसिर १७ । मकवानपुरको भिमफेदी गाउँपालिका-५ स्थित श्री महालक्ष्मी माध्यमिक विद्यालय सुपिङमा “शिक्षकसँग प्रहरी र विद्यार्थीसँग प्रहरी” विषयक एक कार्यक्रम आयोजना गरिएको छ।
सामुदायिक साझेदारी कार्यक्रम अन्तर्गत उक्त विद्यालयकी प्रधानाध्यापक उषा आचार्यसहित शिक्षक तथा विद्यार्थीको उपस्थितिमा लागू औषध लगायत विभिन्न जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको हो।