काठमाडौं । अमेरिकामा अनलाइन क्यासिनो सञ्चालन गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौं-७ का २६ वर्षीय आकाश रेग्मी रहेका छन्। उनले हारजित हुनेगरी अनलाइनमार्फत जुवा खेलाएको अनुसन्धानबाट खुलेको हो।
उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्र सिंह राठौरका अनुसार रेग्मीले जुवाबाट १ करोड ९५ लाख ९५ हजार रुपैयाँ कारोबार गरेका थिए।
रेग्मीका दाजु अमेरिका बस्दै आएकाले त्यहाँको युजर आइडीबाट काठमाडौंबाट नै अनलाइन जुवा सञ्चालन गर्ने गरेको खुलेको छ। उनी पछिल्लो २ वर्षदेखि यस्तो कारोबारमा संलग्न रहेको पनि स्वीकार गरेका छन्।