• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, भदौ १५, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

लोकप्रिय समाचार

  • १. रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • २. भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ३. आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४. आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

पाठ्यक्रममा नेवारी कला र संस्कृति समावेश गर्न माग

 नवलपुर, २५ कात्तिक । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाका नेवार समुदायले स्थानीय पाठ्यक्रममा नेवारी कला र संस्कृति समावेश हुनुपर्ने माग गरेका छन् । नगरपालिकाको कुल जनसङ्ख्याको करिब २० प्रतिशत जनसङ्ख्या नेवारी समुदायको रहेको भन्दै उनीहरुले स्थानीय पाठ्यक्रममा नेवारी कला र संस्कृति समावेश हुनुपर्ने माग गरेका हुन् । नगरपालिकाले कक्षा–८ सम्म स्थानीय पाठ्यक्रम निर्माण गरेको भए पनि कुनै पनि कक्षामा नेवारी कला र संस्कृति समावेशन नगरिएका नेवाः पुचः गैँडाकोटका सल्लाहकार अमृत श्रेष्ठले गुनासो गर्नुभयो ।

“प्रथमिक तहको शिक्षा मातृभाषामा पढ्न पाउने गरी सरकारले ऐन बनाएको छ । तर, गैँडाकोटमा १० हजार भन्दा बढी जनसङ्ख्या रहेको नेवार समुदायको कला र संस्कृतिसमेत स्थानीय पाठ्यक्रममा समावेश गरिएको छैन” उहाँले भन्नुभयो । कला र संस्कृतिमा धनी रहेको नेवारी संस्कृतिबारे नयाँ पुस्ताले समेत विद्यालय तहबाटै ज्ञान पाउन पनि स्थानीय पाठ्यक्रममा नेवारी संस्कृति झल्किने विषयवस्तु समावेश हुनुपर्ने उहाँले बताउनुभयो । नेवाः पुचः गैँडाकोटका अध्यक्ष भोजराज श्रेष्ठले नेवार समुदायले मुख्यगरी नेपाल सम्वत्, महः पूजा, रोपाइँ जात्रा, बेल विवाह, यमोरी पुन्ही, लाखे जात्रा, गाई जात्रा, बाघ जात्रा लगायत मनाउने गरेका बताउनुभयो । “ठाउँ विशेषअनुसार नेवार समुदायको कला, संस्कृति र भाषामा विविधता छ” उहाँले भन्नुभयो, “नेवार समुदायले मनाउने कूल पूजाको आधारमा जात्रा र पर्व मनाउने गर्छन् भने धेरै पर्वहरु साझा पर्वको रुपमा मनाइन्छ ।” नेवारी कला र संस्कृतिलाई पुस्तान्तरण गर्नका लागि पनि नयाँ पुस्तालाई यसबारेमा जानकारी दिन स्थानीय पाठ्यक्रममा नेवारी कला र संस्कृति समावेश गराउनुपर्ने अध्यक्ष श्रेष्ठको भनाइ छ ।

गैँडाकोटका नेवार समुदायहरु कला र संस्कृतिको संरक्षण र जगेर्ना गर्नका लागि एकजुट भएर अगाडि बढेको अध्यक्ष श्रेष्ठको भनाइ छ । उहाँकाअनुसार आगामी २८ गते यस समुदायले गैँडाकोटमा नेपाल सम्वत् ११४४ न्युँ दँया भिन्तुना तथा महः पूजा गर्दैछन् । गैँडाकोटको नारायणी नदी किनारमा भेला भएर ¥यालीसहित अमरापुरी पुगेर नेपाल सम्वत्को कार्यक्रम गरिने भन्दै सोही दिन बेलुकी महः पूजा गरिने अध्यक्ष श्रेष्ठले बताउनुभयो । कात्तिक २८ गते नेपाल सम्वत् ११४४ न्युँ दँया भिन्तुना, शुभ–दिपावली (तिहार) र छठ पर्वको अवसरमा आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रम–२०८० को प्रमुख अतिथिको रुपमा गण्डकी प्रदेशका कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्र ध्वज जिसी सहभागी हुने श्रेष्ठले बताउनुभयो । कार्यक्रम बिहान ८ बजे नारायणी नदी किनारबाट सुरु हुने कार्यक्रममा नेवारी समुदायसँगै सम्पूर्ण नगरवासीलाई उपस्थितिका लागि आग्रह गरिएको छ ।

नारायणी नदी किनारबाट सुरु भएको मोटरसाइकल ¥याली एवं शोभायात्रा अमरापुरीमा पुगेर बिहान १० बजेदेखि शुभकामना आदानप्रदान, १०ः३० बजे समयबाजी सुरु तथा बिहान ११ः३० बजे कार्यक्रम समापन गरिने उहाँले बताउनुभयो । आफ्नो आत्मा (शरीर)को पूजा गर्ने दिन भएकाले लक्ष्मी पूजाको भोलिपल्ट नेवार समुदायले महः पूजा गर्ने भन्दै उहाँले आत्मा शुद्ध भएपछि मात्रै सबै कुराहरु शुद्ध र राम्रो हुने बताउनुभयो । महः पूजाका लागि ओखर, बिमिरो, मखमलीको फूल, धानको लाभाको माला, जजङ्कार (जनै जस्तै सामग्री) लगायतका सामग्रीहरु आवश्यक पर्ने उहाँले बताउनुभयो ।

नेवार समुदायले महिलाहरुलाई उच्च सम्मान दिने गरेको भन्दै महः पूजामा महिलाहरुको प्रमुख भूमिका हुने. बताउनुभयो । नेवाः मिसा दबुः गैँडाकोट नगर समिति अध्यक्ष एवं गैँडाकोट–२ कि महिला वडा सदस्य सीता श्रेष्ठले विगतमा भन्दा अहिले स्थानीय तहले जातजातिको कला र संस्कृतिका लागि बजेट विनियोजन गर्ने गरेको बताउनुभयो । स्थानीय तहले जनजातिहरुको कला र संस्कृति संरक्षणमा अभिभावकको भूमिका निर्वाह गर्दै आएको श्रेष्ठले बताउनुभयो । गैँडाकोट नगरपालिकाको कुल जनसंख्या ५८ हजार रहेको छ ।

आइतबार, कार्तिक २६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला
भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह
बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त
गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह
१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ
गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

लोकप्रिय

  • १.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • २.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ३.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ३.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ४.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ५.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ६.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ७.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • ८.
    गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.