गाजा,कात्तिक २५- गाजा सहरको एउटा विद्यालयमा शुक्रबार भएको आक्रमणमा परी करिब ५० जनाको मृत्यु भएको अल-सिफा अस्पतालका निर्देशकले जनाएका छन् । गाजाको अल-नासर नजिकै रहेको अल-बुराक स्कुल आसपासबाट आज बिहान स्कुललाई लक्षित गरी क्षेप्यास्त्र र तोपखानाले आक्रमण गरिएको थियो । आक्रमणपछि करिब ५० जना मारिएका छन्, अस्पतालका निर्देशक मोहम्मद अबु सल्मियाले उल्लेख गरेका छन् ।
एएफपीले मृतकको सङ्ख्या तत्काल पुष्टि गर्न नसकिएको जनाएको छ ।(रासस-एएफपी)