चितवन, कात्तिक १३- चितवनमा डेँगु संक्रमितको संख्या झण्डै १२ सय पुगेको छ ।स्वास्थ्य कार्यालय चितवनले उपलब्ध गराएको तथ्यांक अनुसार गत साउनदेखि आजसम्म एक हजार १८० जनालाई सो संक्रमण देखिएको हो ।
त्यसैगरी डेँगु संक्रमितमध्ये ठेगना नखुलेको १२३ जना, अन्य जिल्लाबाट आएका २४१ जना रहेका छन् ।