• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, मङि्सर २६, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

सन अटोमोबाइल्समा रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक

सामुदायिक वन बजेट बाँड्ने थलो होइन : मन्त्री पौडेल

गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न

विश्वका ७०० ह्याकरको प्रतिस्पर्धामा फोर्ब्स कलेज चितवनका विद्यार्थी रञ्जन मरासिनी र विदिशा सुवेदीको उत्कृष्ट सफलता — क्रमशः २२औँ र २९औँ स्थान

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

लोकप्रिय समाचार

  • १. गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न

  • २. सामुदायिक वन बजेट बाँड्ने थलो होइन : मन्त्री पौडेल

  • ३. सन अटोमोबाइल्समा रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक

दसैँमा गैंडाकोटको मौलाकालिका पुगे हालसम्मकै धेरै भक्तजन

चितवन, कात्तिक ११-

गैँडाकोटमा अवस्थित मौलाकालिका मन्दिरमा यस वर्षको नवदुर्गामा पहिलेका वर्षहरुभन्दा धेरै भक्तजन पुगेका छन् । मन्दिर व्यवस्थापन समितिका अनुसार यस वर्ष पहिलेको भन्दा भक्तजनको ठूलो सङ्ख्यामा भीड लागेको हो ।

दसैँको नवदुर्गा सुरु भएदेखि मौलाकालिका दर्शन गर्न जाने क्रम बढेको हो । पहिले गैँडाकोटबाट माथि मन्दिरसम्म हिँडेर जानुपर्नेमा अहिले मन्दिरसम्म पुग्नका लागि केबलकार निर्माण भएपछि सहज भएको हो । अघिल्ला वर्षहरुमा मन्दिरमा बिहानको समयमा मात्र भक्तजन जाने गरेको भए पनि यस वर्ष साँझसम्म नै गएका थिए । ज्येष्ठ नागरिक, अपाङ्गता भएका एवं अशक्तसमेत केबलकार चढेर मन्दिर पुग्ने गरेका छन् । चितवनमा दिउँसोको गर्मी समयमा उकालो हिँड्न कठिन हुने भएकाले बिहान मात्र मन्दिरमा भीड हुने गरेकोमा अहिले साँझसम्म नै भक्तजन जाने गरेको पाइएको छ ।

धार्मिक सेवा समिति मौलाकालिकाका अध्यक्ष शालिग्राम सापकोटाका अनुसार यस वर्ष नवदुर्गा लागेसँगै भक्तजनको सङ्ख्या बढेको छ । यस वर्ष नवदुर्गा लागेपछि र त्यसअघि पनि गत वर्षहरुका तुलनामा झण्डै ३० प्रतिशत भक्तजन बढेको उनले बताए । पहिले पहिले हरेक वर्ष १० प्रतिशतको हाराहारी दर्शनार्थी बढ्ने गरेकामा यस वर्ष केबलकार सेवा उपलब्ध भएसँगै थप २० प्रतिशत भक्तजन बढेको उनले बताए ।

फूलपाती, अष्टमी र नवमीमा मात्र २५ हजार भक्तजन मन्दिर पुगेका उहाँको अनुमान छ । यसमध्ये सबैभन्दा बढी फूलपातीका दिन नौ हजारको हाराहारीमा भक्तजन त्यहाँ पुगेका उनले बताए । उनले भने, “केबलकार बनेपछि सहजताका कारण भक्तजनको सङ्ख्या पनि बढेको हो ।”

यो सङ्ख्या हालसम्मकै बढी भएको उनी बताउछन्। कार्यालय बन्द भएपछिको पहिलो दिन भएकाले फूलपातीका दिन भक्तजनको निकै भीड थियो । उनले आज कोजाग्रत पूर्णिमाका दिन पनि भक्तजनको निकै भीड लाग्ने अनुमान गरिएको बताए। यहाँ हालै सञ्चालनमा ल्याइएको केबलकार र अरु दुईवटा बाटोबाट भक्तजन मन्दिर पुग्ने गर्दछन् । तर पछिल्लो समयमा केबलकार चढेर मन्दिर जानेको सङ्ख्या धेरै छ ।

घटस्थापनाको दिनदेखि क्रमशः भक्तजन बढ्दै गएका हुन् । नवदुर्गा सुरु भएसँगै बिहान ५ बजेदेखि नै केबलकार सञ्चालनमा ल्याइएको छ । अन्य समय शनिबार ५ः३० र अन्य दिन ६ बजेबाट साँझसम्म केबलकार सञ्चालन हुने गरेको छ ।

केबलकार चलेपछि अन्य दिनमा पनि पहिलेको भन्दा भक्तजन २५ प्रतिशतले बढेका उनले जानकारी दिए । अन्य समयमा शनिबार एक हजार पाँच सयको हाराहारीमा भक्तजन मन्दिर दर्शनका लागि पुग्ने गरेका छन् । अन्य दिन भने यो सङ्ख्या पाँच सयको हाराहारी हुने गर्दछ ।

बिदाका दिन र पर्व विशेषमा भने भक्तजनको सङ्ख्या बढ्ने गर्दछ । उनले भने, “बिहान ११ बजेपछि आउने प्रायः भक्तजन केबलकारकै कारण आएका हुन् ।” दिउँसोको समयमा गर्मी हुने भएकाले पैदल भक्तजन कम हुने गर्दछन् । बिहानीको समयमा केबलकारसँगै पैदलै भक्तजन मन्दिर पुग्ने गर्दछन् ।

मौलाकालिका केबलकार लिमिटेडका स्टेसन म्यानेजर सुरज पौडेलका अनुसार वैशाख महिनामा २५ हजार व्यक्ति केबलकार चढेर मन्दिर पुगेका थिए । यो सङ्ख्या जेठमा २६ हजार थियो भने असार र साउनमा केही घटेको थियो । विजयादशमी सुरु भएसँगै केबलकार चढ्नेको सङ्ख्या बढ्दै गएको छ । फूलपाती र नवमीका दिन चार हजार हाराहारीले केबलकार चढेको उनले जानकारी दिए । घटस्थापनायता दैनिक सरदर केबलकार चढ्नेको सङ्ख्या दुई हजारभन्दा बढी छ ।

केबलकारको दूरी पाँच मिनेटको छ । केबलकारबाट झरेपछि केही मिनेटको पैदलयात्रा गरी मन्दिर पुग्न सकिन्छ । केबलकार सञ्चालनमा आएको थाहा पाएपछि गैँडाकोट नगरपालिका–५ का ९५ वर्षीय गोकुल शाह पनि मन्दिरको दर्शन गर्न पुगेको बताए । उनले भने, “मन्दिर आउने रहर पूरा भयो । म चाहेर पनि मन्दिरसम्म आउन सकेको थिएन, केबलकारले नै यो इच्छा पूरा गरिदियो ।” शाह यही गत बिहीबार मन्दिर पुगेका थियो ।

यस्तै ओखलढुङ्गाबाट मौलाकालिका मन्दिरको दर्शन गर्न आएका मोतिलाल पोख्रेलले पनि आफू सहजै मन्दिर पुगेको बताए । पचासी वर्षीय पोख्रेल पनि यही कात्तिक ६ गते सोमबार मन्दिरको दर्शनका लागि आएका थिए । मन्दिरका बारेमा धेरै सुनेको तर मौलाकालिका मन्दिरसम्म पुग्नसक्छु भन्ने नलागेपछि नआँटेको उनले बताए।

केबलकार बनेसँगै नवलपरासी, चितवन, तनहुँलगायत छिमेकी जिल्ला र बाहिरी जिल्लाबाट घुम्न आएका पर्यटक मन्दिर पुग्ने गरेका छन् । मन्दिरमा बिहान ५ बजेअघि र साँझ घाँम डाँडामा पुगेपछि आरती गर्ने गरिन्छ । मन्दिरसँगै सञ्चालनमा रहेको मौलाकालिका संस्कृत विद्यापीठ गुरुकुलमका ३२ जना र पुजारी कर्मचारीसँगै भक्तजनले आरती गर्ने गर्दछन् ।

अहिलेको मन्दिर विसं २०५३ मा बनेको भए पनि मन्दिरको इतिहास भने विसं १५७५ देखिकै छ । करिब पाँच सय वर्ष पहिले पाल्पा राज्यको सैनिक टुकडीले मौला राखेर शक्तिपीठको पूजा गर्ने भएकाले मन्दिरको नाम मौलाकालिका राखिएको किंवदन्ती छ । करिब २० वर्षयता मात्रै मन्दिरमा भौतिक संरचनाको विकास गरेर भक्तजन भित्र्याउन थालिएको हो ।

मौलाकालिका शक्तिपीठको दर्शन र पूजा गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ । यही आस्थाका कारण नेपालका विभिन्न जिल्लाबाट पूजाआजाका लागि भक्तजन यहाँ आउने गरेका छन् । प्रायः शनिबार र चितवनको गर्मीका कारण धेरैजसो बिहानको समयमा यहाँ दर्शनका लागि मानिस आउने गरेकामा अहिले भने दिउँसो पनि आउने गरेका छन् । रासस

शनिबार, कार्तिक ११, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सन अटोमोबाइल्समा रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक
सामुदायिक वन बजेट बाँड्ने थलो होइन : मन्त्री पौडेल
गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न
विश्वका ७०० ह्याकरको प्रतिस्पर्धामा फोर्ब्स कलेज चितवनका विद्यार्थी रञ्जन मरासिनी र विदिशा सुवेदीको उत्कृष्ट सफलता — क्रमशः २२औँ र २९औँ स्थान
चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने
नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

लोकप्रिय

  • १.
    गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न

  • २.
    सामुदायिक वन बजेट बाँड्ने थलो होइन : मन्त्री पौडेल

  • ३.

  • ४.
    विश्वका ७०० ह्याकरको प्रतिस्पर्धामा फोर्ब्स कलेज चितवनका विद्यार्थी रञ्जन मरासिनी र विदिशा सुवेदीको उत्कृष्ट सफलता — क्रमशः २२औँ र २९औँ स्थान

  • ५.
    चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

  • ६.
    नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

  • ७.
    मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

  • ८.
    नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.