• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, असोज ०२, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

लोकप्रिय समाचार

इजरायलमा गोली लागेका छोराको फोन : बुवा बाँचेछु भने आउँछु, नत्र अन्तिम भेट यही हो


दाङ । प्यालेस्टाइनको लडाकू समूह हमासले आक्रमण सुरु गरेपछि इजरायलमा शनिबारदेखि तनाव छ । त्यो तनावको खबरले दाङको दंगीशरण गाउँपालिका ३ हेकुलीका ५२ वर्षीय निमबहादुर डाँगीको घरमा पनि शनिबार बेलुकीदेखि नै चुलो बलेको छैन । इजरायलको युद्धग्रस्त क्षेत्रमै रहेका छोरा २२ वर्षीय प्रविण डाँगीसँग सम्पर्क टुटेपछि उनको परिवार बेचैन छ । आक्रमणमा छोरा प्रवीण गोली लागेर घाइते भएको खबर सुनेपछि त झन् बाबु निमबहादुरको होशहवास नै छैन । उनी युद्धग्रस्त क्षेत्रमा घाइते छोरासँग सम्पर्क हुने आशमा घरी मोबाइल हेर्छन्, घरी इजरायलमा भएको आक्रमणबारे आइरहेका समाचार ।

 

गत भदौ २६ गते बीएस्सी एजी पढेर थप ११ महिने प्रयोगात्मक अध्ययनका लागि इजरायल गएका थिए, प्रवीण । शनिबार आक्रमण भएलगत्तै बिहान ११ बजे छोरासँग उनको सम्पर्क भएको थियो । ‘मर्ने भएँ बुवा, बाँचेछु भने आउँछु, नत्र अन्तिम भेट यही हो’ निमबहादुरले छोरासँग भएको संवाद सुनाए । प्रवीणले त्यसो भनेको बेला घरका सबै सदस्यसँग आधा घण्टा कुरा गरे । त्यसपछि छोरासँग उनको सम्पर्क हुन पाएन ।

आइतबार बिहान १२ बजे निमबहादुरको पुन प्रवीणसँग सम्पर्क भयो । ‘दुईवटा खुट्टामा गोली लागेको छ, एउटा खुट्टा छियाछिया भएको छ रे, अस्पतालले पनि हेरेको छैन रे’ छोराको खबरबारे सुनाउँदा सुनाउँदै निमबहादुरको गला अवरुद्ध भयो । सात समुद्रपारि घाइते भएको छोराको खबरले विक्षिप्त भएका निमबहादुर त्यसपछि बोल्न चाहेनन् ।

 

आइतबार छोरा प्रवीणसँग निमबहादुरको सम्पर्क हुँदा दंगीशरण गाउँपालिका ३ हेकुलीका वडाध्यक्ष सुकलाल चौधरी सँगै थिए । उनले प्रवीण र उनको परिवारसँग भएको कुराकानीबारे बताए । उनका अनुसार आज दिउँसो प्रवीण र बाबुबीच करिब दुईदेखि तीन मिनेट भिडियो कल भएको थियो ।

फोनमा भएको कुराकानीमा प्रवीणले आफू अस्पतालमा रहेको र दुईवटा खुट्टामा गोली लागेको बताएका थिए । ‘भिडियो कलमा कुरा गर्दा उनी अस्पतालको बेडमा पल्टिएका थिए । नाकमा पाइप लगाइएको थियो । खुट्टामा गोली लागेको छ, एउटा खुट्टा भाँचिएको छ भन्थे’, वडाध्यक्षले बताए ।

वडाध्यक्ष चौधरीका अनुसार प्रवीणले आफ्नो खुट्टाको घाउ भिडियोमा देखाउन कोसिस गर्दै थिए । त्यसैबेला एक जना नर्स आइन् र फोन सम्पर्क टुट्यो । त्यसयता प्रवीणसँग पुनः सम्पर्क भएको छैन ।

प्रवीणले आफ्नो अगाडि दुई जना नेपालीको शव देखेको बताएको वडाध्यक्ष चौधरीले जानकारी दिए ।

परिवारले प्रवीणका बारेमा छिटोभन्दा छिटो सरकारले राजदूतावास मार्फत सम्पर्क गरेर वास्तविक अवस्था पत्ता लगाइदिन आग्रह गरेका छन् । छोरा घाइते भएको खबर पाएका उनको परिवारले सुरक्षित स्थान लगेर उपचार गरी ज्यान बचाइदिन र उद्धार गरिदिन माग गरेका छन् ।

निमबहादुरका तीन भाइ छोरा छन् । प्रवीण कान्छा हुन् । अरु दुई छोरा साउदी र कुवेतमा छन् । घरमा निमबहादुर सहित उनकी श्रीमती, बुहारी र एक जना नातिनी छन् ।

सोमबार, असोज २२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण
एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..
लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण
नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु
बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा
राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

लोकप्रिय

भर्खरै

  • १.
    लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

  • २.
    एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

  • ३.
    लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

  • ४.
    नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

  • ५.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • ६.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • ७.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ८.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.