काठमाडौंअसोज २१-
लमजुङमा दाह्री काट्ने मेसिन नदिएको विषयमा विवाद हुँदा छोराले खुकुरी प्रहार गरी बाबुको ज्यान लिएका छन् । क्व्होलासोथार गाउँपालिका- टक्सारमा असोज १० गते २८ वर्षीय सुजन विकले ६० वर्षीय बाबु दिलबहादुर विकलाई खुकुरी प्रहार गरेका थिए ।
गम्भीर घाइते भएका दिलबहादुरको उपचारका क्रममा शनिबार मृत्यु भएको लमजुङ प्रहरीले जनाएको छ । प्रहरीले सुजनलाई पक्राउ गरी अनुसन्धान भइरहेको जनाएको छ ।



