• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, असोज ०२, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

लोकप्रिय समाचार

लेकमा चिसो बढेपछि बेसी झर्न थाले भेडीगोठ


ढोरपाटन, असोज २०–

गत जेठमा लेक चढेका भेडीगोठ धमाधम बेसी झर्न थालेका छन् । लेकबाट भेडीगोठ बेसी झर्न थालेपछि बागलुङको निसीखोला, तमानखोला र ढोरपाटनलगायतका क्षेत्र भेडाबाख्राका बथानले भरिएका छन् ।

 

लेकमा जाडो सुरु हुन थालेको र चाडबाड नजिकिएसँगै भेडीगोड बेसी तिर सारिएको हो । जेठ पहिलो सातादेखिनै लेक उक्लिएका भेडीगोठ असोज पहिलो सातादेखि बेसी झर्न सुरु गरेका हुन् । बर्खामा बेसीमा घाँस अभाव हुने र लेकमा प्रशस्त पाइने हुँदा भेडी गोठाले हरेक वर्ष लेक–बेसी गर्ने गर्छन् ।

 

पश्चिम बागलुङको माथिल्लो क्षेत्रका अधिकांश किसानका लागि लेकबेसी गर्नु परम्परानै हो । एकै परिवारले दुई सयदेखि एक हजार वटासम्म भेडा पाल्दै आएका छन् । गोठालाहरु हप्तौँको यात्रा गरी बुकी चढ्ने र बेसी झर्ने गर्छन् । बेसीमा भन्दा बुकीमा भेडाबाख्राका लागि चरन क्षेत्र र पोषिलो घाँस पर्याप्त पाइन्छ । यतिबेला तिलाचन, रिग, पातीहाल्ने, सोलेडाँडा, भर्कोबाङलगायतका क्षेत्रमा भेडाका बथान भेटिन्छन् । यो समय भेडाबाख्रा बिक्री गर्ने सिजन भएको हुँदा गोठालाहरु बेसी झरेर बजार तिर लाग्ने गर्छन् ।

बेसी झरेका गोठालेहरु अब केही दिनमै मुख्य–मुख्य सहरसम्म हप्तौँ दिन हिँडेर भेडाबाख्रा बेच्न जान्छन् । यहाँबाट भेडा बिक्रीका लागि केही बुर्तिबाङ, खर्बाङ, गुल्मीको वामी, रिडी, पाल्पा हुँदै बुटवलसम्म र कोही गलकोट, बागलुङ, पर्वतको कुश्मा हुँदै पोखरासम्म जाने तयारीमा छन् ।

गत बैशाखमा परेको बेमौसमी हिमपातले भेडा मर्दा यसवर्ष ठूलो नोक्सानी बेहोर्नु परेको निसीखोलाका प्रेमबहादुर बुढा मगरले बताए। चैतको अन्तिम साता लेकमा भेडा लिएर गएको भन्दै लेकमा पुगेको केही दिनमै लगातार एक सातासम्म परेको वर्षा र हिमपातले आफ्ना १७ वटा भेडा मरेको बताए ।

चिसोले भेडाहरु मर्दा एक सातामै रु साढे तीन लाखको नोक्सानी भएको र यसवर्ष थोरै मात्र भेडा बिक्री गर्ने योजना रहेको उनको भनाइ छ ।
“चाडपर्व नजिकिएको र लेकमा चिसो बढ्दै गएकाले गोठ बेसी झारेका हौँ, अरुले पनि झार्दै छन्, अबको एक सातासम्म सबै भेडीगोठ तल झरिसक्छन्”, उनले भने, “भेडाले धेरै चिसो खटाउन सक्दैनन्, वैशाखमा हिउँले धेरै मरे, फेरि पनि मर्लान् भन्ने डरले अल्ली छिटो झारेको हुँ ।”

भेडापालक बलबहादुर घर्ती मगरले यसवर्ष भेडा बेसी झर्ने समयमा वर्षा हुँदा समस्या भएको बताए । असोज ११ मा बेसी झर्न सुरु गरे पनि लगातार परेको पानीका कारण असोज १७ गते मात्रै यहाँ आइपुगेको उनको भनाइ छ । करिब चार हजार सात सय मिटरको उचाइमा अवस्थित बुकीमा ह्वात्तै चिसो बढेको उनले बताए । अहिले आफ्ना रैथाने जातका ७० बोका तथा बाख्रा र करिब एक सय भेडा रहेको घर्ती मगरको भनाइ छ ।

स्थानीय कुलबहादुर विकले पछिल्लो समय भेडापालन गर्नेको सङ्ख्या कम हुँदै गएको बताए । आफूहरुले धेरै भेडाबाख्रा पाल्न नसक्ने र युवा पुस्ताले यसतर्फ चसो नदिँदा भेडागोठालेको सङ्ख्या घट्दै गएको बताए। ६७ वर्षीय विकले पहिले आफूले आठ सयसम्म भेडापालेको अनुभव सुनाउँदै अहिले एक सय पचासको हाराहारीमा मात्रै भेडा पालेको बताए । दुई छोरा र एउटी छोरी भए पनि उनीहरुले भेडापालनमा चासो नदिएको उनको भनाइ छ ।

 

शनिबार, असोज २०, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण
एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..
लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण
नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु
बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा
राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

लोकप्रिय

भर्खरै

  • १.
    लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

  • २.
    एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

  • ३.
    लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

  • ४.
    नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

  • ५.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • ६.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • ७.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ८.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.