काठमाडौं, असोज २० । काठमाडौंको जोरपाटीमा छोरी बलात्कारको आरोपमा बुबा पक्राउ परेका छन् । ८ वर्षीया छोरी बलात्कार गरेको आरोपमा प्रहरीले बाबुलाई पक्राउ गरेको हो ।
छोरीलाई २०७९ माघ ८ गते बलात्कार गरेको भन्दै श्रीमतीले जाहेरी दिएपछि प्रहरीले बाबुलाई पक्राउ गरेको हो । बालिकाले बाबुले मादक पदार्थ सेवन गरेर आएर आफूलाई बलात्कार गरेको बताएकी थिइन् ।
पक्राउ परेका बुबाले भने आफूलाई श्रीमतीले फसाएको बताएका छन् । उनले श्रीमतीले यसअघि पनि पटकपटक फसाउने गरेको बताएका छन् ।