• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, असोज ०२, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

लोकप्रिय समाचार

कालीगण्डकी करिडोर : गैँडाकोट –राम्दी खण्ड अन्तिम चरणमा


नवलपुर । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कालीगण्डकी करिडोर अन्तरगत गैँडाकोट– राम्दी खण्ड निर्माणको काम अन्तिम चरणमा पुगेको छ । एक सय ३२ किलोमिटरको यस खण्डमा ९५ प्रतिशत काम पुरा भएको कालीगण्डकी करिडोर , गैँडाकोट– राम्दी–मालढुङ्गा सडक आयोजनाका इन्जिनियर एवं सूचना अधिकारी पवित्रमणी आचार्यले बताउनुभयो ।

गैँडाकोट –राम्दी खण्डको सबैजसो काम सकिएको छ । सडक सुरक्षाका कामहरू ,किलोमिटर पोस्टहरू जस्ता साना काम बाँकी रहेको भएपनि ठूला सबै काम सकिएको आयोजनाका सूचना अधिकारी आचार्यले बताउनुभयो । आउँदो कात्तिक मसान्त सम्म यस खण्डको काम सम्पन्न गर्नुपर्ने म्याद रहेकाले निर्माण कम्पनीले सोही अनुसार काम गरिरहेको उहाँको भनाई छ ।

गैँडाकोट –राम्दी खण्डको एक सय ३२ किलोमिटर सडक मध्य अब करिब दुई किलोमिटरमा मात्रै कालोपत्रेको काम गर्न बाँकी रहेको सूचना अधिकारी आचार्यले बताउनुभयो । नवलपुरको डेढगाउँ –बुलिङटार र बुलिङटार –गैँडाकोट खण्डमा केही स्थानमा ठूलो पहिरो गएकाले काम गर्न समस्या भएको उहाँको भनाई छ ।

पहिरो गएको स्थानमा तत्काल कालोपत्रे गर्दा दीर्घकालीन नहोला भनेर त्यो खण्डमा ग्राभेल मात्रै गरेर राख्ने योजना रहेको सूचना अधिकारी आचार्यले बताउनुभयो । पहिरो गएको स्थानमा कन्सल्ट्यान्टहरु ल्याएर अध्ययन गर्ने काम भइरहेको उहाँको भनाई छ । पहिरो नियन्त्रणको उपाय खोजी गरि आयोजनाको म्याद रहेको खण्डमा आयोजनाबाट नभए हस्तान्तरण पछि सम्बन्धित डिभिजनबाट काम गर्ने गरि सुझाव दिइने सूचना अधिकारी आचार्यले बताउनुभयो ।

पहिराको जोखिम भएको स्थान र पुलहरुको दुईतर्फका भागहरूमा गरि करिब दुई किलोमिटरमा मात्रै कालोपत्रे बाँकी रहेको उहाँले बताउनुभयो । ‘गैँडाकोट –राम्दी खण्डमा सबैजसो ठूला काम सकिएको छ, पहिरोको जोखिम भएको स्थान र अन्य केही पुलको छेउछाउ मात्र कालोपत्रे बाँकी छ’ सूचना अधिकारी आचार्यले भन्नुभयो ।

गैँडाकोट –राम्दी खण्डमा पर्ने सबैजसो पुलहरू समेत सम्पन्न हुने चरणमा रहेको सूचना अधिकारी आचार्यले बताउनुभयो । यस खण्डमा पर्ने २८ वटा पुल मध्य एउटा पुलको काम बाँकी रहेको अन्य सबै सम्पन्न हुने चरणमा रहेको उहाँले बताउनुभयो । नवलपुरको गैँडाकोट र बुलिङटारको सिमानामा रहेको तरङ्गा खोलामा पुलको काम बाँकी रहेको छ । पुलको ठेक्का सम्झौता भएको तर व्यवसायीले काम नगर्दा ढिलो भएकोमा अब दशैँ लगतै काम सुरु हुने र करिब दुई महिनामा सो पुल निर्माणको काम सकिने सूचना अधिकारी आचार्यले बताउनुभयो । गैँडाकोट –राम्दी खण्डमा नवलपुर तर्फ १४ र पाल्पा तर्फ १४ वटा पुल रहेका छन् ।

गैँडाकोट –राम्दी खण्ड करिब साढे पाँच अर्बको लागतमा ठेक्का सम्झौता भएको सूचना अधिकारी आचार्यले बताउनुभयो । विस २०७५ कात्तिक २ गते सम्झौता भएर ३६ महिनामा सम्पन्न गर्ने भनिएकोमा कोभिडको प्रभाव ,भौगोलिक जटिलताले उक्त समयमा काम सम्पन्न नभएपछि विसं २०८० कात्तिक सम्ममा निर्माण सम्पन्न गर्ने गरि म्याद थप गरिएको उहाँले बताउनुभयो । यस अवधिमा आयोजनाले पूर्णता पाउने सूचना अधिकारी आचार्यको भनाई छ ।

शुक्रबार, असोज १९, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण
एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..
लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण
नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु
बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा
राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

लोकप्रिय

भर्खरै

  • १.
    लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

  • २.
    एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

  • ३.
    लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

  • ४.
    नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

  • ५.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • ६.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • ७.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ८.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.