एजेन्सी । भारतको उत्तर प्रदेश राज्यको गोरखपुरमा केही दिनअघि एक युवकले १५ वर्षीया किशोरीको घाँटी थिचेर हत्या गरेको खबर सार्वजनिक भयो ।
सुनिल गौड नाम गरेका आरोपित पुरुषले घटनालाई आत्महत्या देखाउन शवलाई झुण्ड्याइदिएका थिए ।
उत्तर प्रदेश प्रहरीका अनुसार उनी किशोरी र उनकी आमाका प्रेमी थिए । तर त्यो कुरा आमा छोरी दुबैलाई थाहा थिएन । जब किशोरीले आफ्नी आमासँग पनि ती पुरुषको सम्बन्ध रहेको थाहा पाइन् तब आफूसंग विवाहका लागि दबाब दिन थालिन् ।
प्रेमीले विवाहको प्रस्ताव अस्वीकार गरे । त्यति मात्रै नभई उनले उनको हत्याको योजना बनाए । उनले एक साथीको सहयोगमा २६ सेप्टेम्बरका दिन किशोरीको घाँटी थिचेर हत्या गरे । प्रहरीले दुबै जनालाई पक्राउ गरेको छ ।
मृतक किशोरीका पिताले नै हत्यासम्बन्धमा किटानी जाहेरी दिएपछि प्रहरीले थप कारबाही अघि बढाएको जनाएको छ ।




