गैँडाकोट । नवलपुरको गैँडाकोटमा वीङ्गर दुर्घटनामा परेको छ । नारायण्गढबाट बुटवल जाँदै गरेको ना १ ज ८८३४ नम्बरको वीङ्गर गैँडाकोट नगरपालिका वडा नं. १२ स्थित राजमार्गमा साँझ पौने ६ वजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
१५ जना यात्रु बोकेर बुटवलका लागि छुटेको वीङ्गर आफै अनियन्त्रीत भै दुर्घटनामा परेको प्रहरी नायव उपरिक्षक वेद बहादुर पौडेलले जानकारी दिनुभयो । दुर्घटनामा परि १४ जना घाइते भएका छन् । घाइतेहरु मध्ये ४ जनाको गैँडाकोट नगर अस्पतालमा उपचार भैरहेको छ भने अन्य १० जनालाई उपचारका लागि भरतपुर अस्पताल पठाइएको छ ।



