गैँडाकोट । नारायणगढ बुटवल सडकखण्ड अन्तर्गत गैँडाकोट १० स्थित मूख्य राजमार्गमा कन्टेनर दुर्घटनामा परेको छ ।पश्चिमबाट पूर्वतर्फ जान आउदै गरेको ना ५ ख ४७५५ नम्बरको कन्टेनर सडकभन्दा २० मिटर तल खसेर दुर्घटनामा परेको हो ।
दुर्घटना पश्चात कन्टेनरमा आगलागी भएको र सो आगलागीबाट गाडीको अगाडीको भाग जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । र्दुघटना आज विहान ५ वजेतिर भएको अनुमान गरिएको छ ।