• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, बैशाख १६, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

लोकप्रिय समाचार

  • १. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३. कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ४. गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ५. आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६. आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ७. आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने

  • ८. आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

  • ९. कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

  • १०. आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

नारायणी नदीमा १०० टन क्षमताका पानीजहाज चलाउने योजना अलपत्र


काठमाडौं, असोज ११-

एकान्तकुनास्थित नेपाल पानी जहाज कार्यालय हिजोआज सुनसान छ, कर्मचारीहरु फुर्सदमा छन् ।

 

२ फागुन २०७५ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले यो कार्यालय उद्घाटन गर्दा भनेका थिए, ‘पानीजहाजको टिकट कहिले पाइन्छ भनेर केही महिना हामीलाई जिस्काउलान् तर केही महिना पर्खनुस्, टिकट पाइन्छ ।’

 

कार्यालय खुलेको साढे चार वर्षसम्म पानीजहाज सञ्चालन त परको कुरा, हाल फाट्टफट्ट सञ्चालन भएका जलयातायातको दर्ता तथा नियमन र थप जलमार्ग पूर्वाधारको अध्ययन गर्न पनि सकेको छैन ।

कार्यालयका सूचना अधिकारी राजन प्रधानका अनुसार सुरक्षित, व्यवस्थित र किफायती जल यातायातको विकास गरी देशको अर्थतन्त्रमा योगदान पु¥याउने उद्देश्यले कार्यालयको स्थापना गरिएको हो ।

त्यस्तै आन्तरिक, अन्तरदेशीय र समुद्रमा सञ्चालन गरिने जल यातायात तथा पानीजहाजको दर्ता र नवीकरण गर्ने काम पनि यही कार्यालयको हो । दर्ता भएका जलयान तथा पानी जहाजको नियमन र अनुगमन गर्ने, जलमार्ग पूर्वाधार निर्माण गर्ने, जलमार्ग पूर्वाधार, यात्रुको सुरक्षा र सुविधाको मापदण्ड बनाउने, पूर्वाधारहरु मापदण्ड अनुसार भएको वा नभएको अनुगमन पनि यही कार्यालयले गर्नुपर्छ ।

जल यातयातका चालकलाई अनुमतिपत्र दिने, नवीकरण गर्ने र तालिम दिने संस्थाको दर्ता तथा नवीकरणको जिम्मा पनि यही कार्यालयलाई छ ।

जलयान निर्माणको पूर्वस्वीकृति दिने, निर्माण गर्ने व्यवसायको दर्ता तथा नियमन, पानी जहाजमा काम गर्ने सिम्यान बुक जारी गर्ने, जलयान व्यवस्थापन तथा प्रबर्द्धनको कार्ययोजना बनाएर लागु गर्ने, नेपाली जहाज समुन्द्रमा सञ्चालन गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा समन्वय गर्ने जिम्मेवारी पनि यही कार्यालयको हो ।

‘कतिपय कामहरु गर्न पर्याप्त कानुनी आधार र पूर्वाधारहरु बनेका छैनन्’, यातायात मन्त्रालयका प्रवक्ता भीमार्जुन अधिकारीले भने, ‘कार्यालयले त्यसतर्फ केन्द्रित भएर काम गरिरहेकाले भविष्यमा आन्तरिक जल यातायात सञ्चालनको आधार तयार हुनेमा हामी विश्वस्त छौं ।’

सम्भाव्यता अध्ययनमै सीमित

जिम्मेवारी धेरै भएपनि कार्यालय सुरुवाती चरणका काममा नै अलमिलएको छ । कार्यालयले विभिन्न नदीमा जलयातायात सञ्चालनको अध्ययन गरेको छ, तर जलयातायात सञ्चालनको पूर्वाधार बनाउन सकेको छैन ।

हालसम्म कर्णलीमा ११५ किलोमिटरको खक्रोला–खिमडी खण्डमा जलयान सञ्चालनको सम्भाव्यता अध्ययन गरेको छ । कालीगण्डकीमा ९५ किलोमिटरको राम्दी–देवघाट खण्ड, कोशीमा ७५ किलोमिटरको चतरा–तुम्लिङटार, नारायणीमा ८५ किलोमिटरको देवघाट गण्डक खण्ड, राप्तीमा सिक्टा–भालुवाङ १०२ किलोमिटर खण्डमा जलयान सञ्चालनको सम्भाव्यता पनि अध्ययन गरेको छ ।

अध्ययनले कर्णाली, नारायणी, कालीगण्डकी र कोशी नदीमा १०० टनसम्म क्षमता भएका जलयानहरु सञ्चालन हुन सक्ने देखिएको कार्यालयका अधिकारीहरु बताउँछन् । तर, यस्तो जलयातायात चलाउनुभन्दा अघि नदीमा डिग्रेडिङ, च्यानलिङ र स्पर निर्माण लगायतका काम गर्नुपर्ने कार्यालयको निष्कर्ष छ ।

कार्यालयले गत आर्थिक वर्षमा सुनकोशी नदीमा जलमार्गको एक खण्डको विस्तृत सम्भाव्यता अध्ययन सकेको छ । सूचना अधिकारी प्रधानका अनुसार गत आर्थिक वर्षमा अरुण दोभानबाट माथि (६८ किमीदेखि १५३ किमीसम्म) यस्तो अध्ययन भएको छ ।

त्यस्तै तामाकोशी र सुनकोशी दोभानबाट माथि ६३.५ किमीसम्म जल यातायात सञ्चालनका लागि विस्तृत अध्ययन भएको छ । कार्यालयले नारायणी नदीमा ‘प्यासेन्जर रिभर टर्मिनल’ बनाउन विस्तृत परियोजना प्रतिवेदन तयार गरेको छ ।

सुनकोशी –अरुण दोभानमा जलयात्रा

कोशीमा चलिरहेका जलयानहरुलाई अरुण दोभानमा परेको अवरोध हटाउन पनि कार्यालयले काम गरेको छ । अरुणमा खुवालुङ नामको ढुंगाका कारण जल यातायातलाई परेको समस्या सल्टाउन सो क्षेत्रमा जलमार्ग सुधारको काम गरेको छ । जलमार्गको विकासका निम्ति आवश्यक पूर्वाधारको निर्माण पनि सुरु गर्न बजेटको अभाव रहेको अधिकारीहरुको गुनासो छ ।

कानुनको मस्यौदा तयार, तर मन्त्रालयमै अड्कियो

गत जेठमा नेपाल–भारत पारवहन सन्धि १९९९ संशोधनसहित नवीकरण भएपछि नेपालबाटै समुद्रसम्म पानीजहाज सञ्चालनको बाटो खुलेको छ । त्यस्तै नेपालले भारत र तेस्रो देशसम्मको व्यापारका लागि जलमार्गसहित थप सुविधा पाएको छ । नेपालका नदीमा जलमार्ग विकास गर्न सकेमा भारतीय जलमार्गमार्फत समुद्रसम्मको पहुँच पाउन सक्ने सम्भावना पनि रहेको छ ।

तर, यसका लागि आवश्यक कानुनहरु बनेका छैनन् । पानीजहाज कार्यालयले पानीजहाज दर्तासम्बन्धी ऐन २०२७ समयानुकुल नभएको भन्दै नयाँ ऐन ल्याउन तयारी थालेको ४ वर्ष बित्यो ।

अन्तर्राष्ट्रिय अभ्यास, जल यातायात र पारवहन सम्बन्धी कानुन, सन्धि, महासन्धि, अभिसन्धि र नेपालको कानुनी व्यवस्थासमेतको अध्ययन गरेर कार्यालयले पानी जहाज विधेयकको मस्यौदा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पठाइसकेको छ । १३ पुस २०७९ मा सहसचिव संयोजकत्वको समितिले अन्तिम रुप दिएको मस्यौदा मन्त्रालयमै थन्किएको छ ।

उक्त ऐन नहुँदा आन्तरिक जल यातायात सञ्चालन र समुद्रमा पानी जहाज सञ्चालनको कानुनी आधार नभएको अधकारीहरू बताउँछन् । हालको कानुनले जल यातायातको बदलिएका आयाम र अन्तर्राष्ट्रिय अभ्यासलाई समेट्न नसक्ने भएकाले नयाँ कानुन जरुरी रहेको उनीहरूको भनाइ छ । ऐन नबनेकाले हाल नेपालमा सञ्चालन भइरहेका जल यातायात सञ्चालन, व्यवस्थापन र नियमन गर्न पनि कठिन छ ।

‘ऐन नै समायानुकल नभएपछि नियमनको काम गर्न पनि समस्या भएको हो’, भौतिक पूर्वाधार मन्त्रालयका प्रवक्ता अधिकारी भन्छन्, ‘अब क्रमैसँग कानुनसहित पूर्वाधारहरु बन्दै जान्छ र आन्तरिक रुपमा जलयातायात पनि व्यवस्थित हुँदै जाने वातावरण बन्दै जान्छ ।’

कार्यालयले हाल चलिरहेका मोटरबोट, स्टिमर, क्रुज सीप लगायतको व्यवस्थापन र नियमन गर्न नियमावली प्रस्ताव गरेको पनि लामो समय भइसक्यो ।

नियमावली भए मोटरबोट लगायतका जल यातायातका साधन दर्ता गर्ने कानुनी बाटो खुल्ने थियो । त्यस्तै जल यातायात सञ्चालनको अनुगमन गर्न पनि सकिने कार्यालयको भनाइ छ ।

जल यातायातको सुरक्षाका लागि नियमनकारी व्यवस्था, मोटरबोट र स्टिमरहरु चलाउने क्याप्टेनले अनिवार्य तालिम, यात्रुको सुरक्षा व्यवस्थालगायतका विषय पनि नियमावलीमा राखिएको छ । यद्यपि उक्त नियमावली मन्त्रालयमै थन्किएको छ ।

(अनलाइन खबरका लागि रवीन्द्र घिमिरेको रिपोर्ट)

शुक्रबार, असोज १२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न
आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान
स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला
कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै
रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन
गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

लोकप्रिय

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ४.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ५.
    आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६.
    आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

भर्खरै

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

  • ३.
    आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ४.
    स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

  • ५.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ६.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ७.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ८.
    फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.