• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, असार २७, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

मुकुन्दसेन मौलाकालिका होटल व्यवसायी सङ्घको नवौँ साधारणसभा सम्पन्न

गैँडाकोट, १० असोज ।

नवलपुरको गैँडाकोटमा रहेको मुकुन्दसेन मौलाकालिका होटल व्यवसायी सङ्घको नवौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । गैँडाकोटको होटल द नारायणी प्रालिमा बुधबार सङ्घको नवौँ साधारणसभा सम्पन्न भएको हो ।

मुकुन्दसेन मौलाकालिका होटल व्यवसायी सङ्घका अध्यक्ष देवीप्रसाद पौडेलले विदेशी मुद्रा आर्जनको महत्वपूर्ण स्रोत पर्यटन व्यवसाय भए पनि सडकका कारण आफूहरुले दुःख पाएको बताउनुभयो । भत्किएको सडक चाँडो समाधान गरिदिन सरोकारवालाहरुलाई आग्रह गर्दै उहाँले व्यवसाय थला परिसकेको बताउनुभयो । सडकको कारण समस्या झेलिरहेका नवलपुरका व्यवसायीलाई पटक–पटक बत्ती जाने समस्याले थप समस्यामा पारेको उहाँले बताउनुभयो ।

सूचनाबिनै दिनमा १०–१२ पटक बत्ती जाँदा व्यवसायीहरुको फ्रिज, पङ्खा लगायतका विद्युतीय उपकरणहरु बिग्रिएका उहाँको गुनासो छ । सरकारले व्यवसायीमाथि कर वृद्धि गर्दै जाने तर उनीहरुको गुनासोबारे केही पनि सम्बोधन नहुने गरेको पौडेलले गुनासो गर्नुभयो ।
कार्यक्रममा सङ्घका निवर्तमान अध्यक्ष हरि क्षेत्रीले देशको अर्थतन्त्र दयनीय भएको कारण व्यवसायीहरुले झनै दुःख पाएको बताउनुभयो । संकटग्रस्त अवस्थामा होटल सञ्चालन गरिरहेको भन्दै उहाँले अब डाडु पन्यु बोकेर सडकमा आउने अवस्था सिर्जना हुन लागेको बताउनुभयो । बुटवल नारायणगढ सडकका कारण होटल व्यवसायीलाई समस्या परेको भन्दै सडक विस्तारको काम चाँडै सम्पन्न गर्नु पर्ने उहाँले बताउनु  भयो ।

भत्किएको सडकमा गाडी गुड्दा उड्ने धूलो र धुवाँका यात्रा गर्न सकस हुँदा जिल्लाका होटलमा पाहुना नआउने अवस्था सिर्जना भएको नवलपुर होटल व्यवसायी सङ्घका अध्यक्ष सन्तोष रानाले बताउनुभयो । नवलपुरमा धेरै पर्यटकीय स्थल तथा भौगोलिक विविधता भए पनि सडकका कारण पर्यटक आउन नचाहेका उहाँको भनाइ छ ।

कार्यक्रममा होटल व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष दिनेशकुमार चुकेले नवलपुरमा देवघाटधाम, मौलाकालिका, शाश्वत धाम, दाउन्नेदेवीलगायतका धार्मिक तथा पर्यटकीय क्षेत्र भए पनि सडकका कारण पर्यटकलाई समस्या भएको बताउनुभयो । कार्यक्रममा गैँडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारीले सडकको समस्या चाँडो समाधानका लागि सरोकारवालासँग छलफल गरिरहेको बताउनुभयो । निर्माण व्यवसायीले ग्राबेल अभावका कारण सडक निर्माणमा ढिलाइ भएको बताएपछि नगरपालिकाले ग्राबेल उपलब्ध गराएको उहाँको भनाइ छ । विस्तारको क्रममा रहेको सडक चाँडो निर्माण सम्पन्न गराउनका लागि आफूहरुले माथिल्ला सरकारसँग समेत पटकपटक छलफल र कुराकानी गरिरहेको उहाँको भनाइ छ ।

मुकुन्दसेन मौलाकालिका होटल व्यवसायी सङ्घको नवौँ वार्षिक साधारणसभाका क्रममा होटल व्यवसायी महासङ्घ गण्डकी प्रदेशकी उपाध्यक्ष तुलसी ज्ञवाली, मुकुन्दसेन मौलाकालिका होटल व्यवसायी सङ्घका पूर्वअध्यक्ष शिव पाण्डे, वरिष्ठ उपाध्यक्ष शिव पौडेल, व्यवसायी अमित अग्रवाललगायतले मन्तव्य राख्नुभएको थियो । फरक क्षमता भएर पनि होटल व्यवसाय सञ्चालन गर्दै आउनुभएका होटल व्यवसायी टोलबहादुर आलेलाई कार्यक्रममा नगद रु पाँच हजारसहित सम्मान गरिएको थियो भने सङ्घलाई सहयोग गर्ने विभिन्न सङ्घ–संस्थालाई कदरपत्रसहित सम्मान गरिएको सङ्घका सचिव कमल पण्डितले बताउनुभयो । 

बुधबार, असोज १०, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?
आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • २.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ३.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ५.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ७.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • ८.
    बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.