• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, बैशाख २३, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

अवरुद्ध केही मुख्य राजमार्गमा यातायात सुरु

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै,आज यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

आज मिति २०८३ साल वैशाख २३ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

साताको पहिलो दिन घट्यो सुनको मूल्य

चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

२४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

विश्व हाँसो दिवस मानाउँदै

रास्वपा सचिवालयको बैठक बस्दै

लोकप्रिय समाचार

  • १. साताको पहिलो दिन घट्यो सुनको मूल्य

  • २. वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • ३. आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ४. एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ५. आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

  • ६. आज मिति २०८३ साल वैशाख १९ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ७. वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

  • ८. २४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

  • ९. चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

  • १०. काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

महिलाको आर्थिक सशक्तिकरणका लागि इयुको सहयोगमा लुम्बिनी र कर्णाली प्रदेशका सरोकारवालाहरूसँग वृहद संवाद


नेपालगन्ज । ‘महिलालाई व्यापार र व्यापार नीतिमा मूलप्रवाहमा ल्याउने नीति धारणापत्र’ मस्यौदामा केन्द्रित सार्वजनिक–निजी संवाद (पीपीडी) को श्रृङ्खला स्थानीय, प्रदेश र राष्ट्रिय स्तरका सरोकारवालासँगको गहन छलफलपछि सम्पन्न भएको छ ।

सरकारी निकाय, विज्ञ दलित र सीमान्तकृत समूह र स्थानीय महिला उद्यमीहरूको लगायतको सहभागितामा पछिल्लो पीपीडी कार्यक्रम नेपालगन्जमा आयोजना भएको हो । यस अघि ललितपुर र बिराटनगरमा तीनवटा पीपीडी सम्पन्न भइसकेका छन् ।

सबै पीपीडी कार्यक्रम उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र इयु नेपाल व्यापार तथा लगानी कार्यक्रमको संयुक्त आयोजना र महिला उद्यमी महासंघको सहकार्यकमा एवं अन्तर्राष्ट्रिय व्यापार केन्द्र अन्तरगतको सि ट्रेड इनिसियटिभको प्राविधिक सहयोगमा सम्पन्न भएका हुन् ।
नेपालगञ्जमा आयोजना भएको यस पीपीडीमा लुम्बिनी र कर्णाली प्रदेशका महिला उद्यमी, सरकारी अधिकारी, महिला व्यवसायी संघ, महिलामा आधारित सामाजिक संस्था, जिल्ला वाणिज्य तथा उद्योग संघ, महिला सहकारी, घरेलु तथा साना उद्योग संघ, गैरसरकारी संघसंस्थाको सहभागिता रहेको थियो । उक्त संवादमा लुम्बिनी र कर्णाली प्रदेशका पाल्पा, कपलिवस्तु, बाँके, बर्दिया, रुपन्देही, बझाङ, जाजरकोट, प्युठान, रुकुम र रोल्पा जिल्लाका ४५ जना सहभागी थिए ।

उक्त अवसरमा भिडियो कन्फरेन्स मार्फत बोल्दै आईटीसीका उपकार्यकारी निर्देशक डोरोथी टेम्बोले सरोकारवालाहरूसँगको परामर्शमा तयार पारिएको नीति धारणापत्रले नेपालमा लैङ्गिक–उत्तरदायी व्यापार वातावरण सिर्जना गर्न नीतिगत कार्यहरू पहिचान गर्ने आधारको रूपमा काम गर्ने कुरामा जोड दिइन्। आर्थिक गतिविधिमा महिला सहभागिता सम्बन्धी विद्यमान समस्याहरूको सम्भाव्य, प्रभावकारी र अनुकूलित समाधानहरू पहिचान गरी नीति धारणापत्रलाई अन्तिम रूप दिन पीपीडीले महत्त्वपूर्ण भूमिका खेलेको उनले धारणा राखिन् ।
लुम्बिनी प्रदेशकी प्रदेशसभा सदस्य मीना श्रेष्ठले महिलालाई आर्थिक गतिविधिमा सहभागी गराउन व्यवसाय गर्ने प्रक्रियालाई सहज बनाउन आवश्यक रहेको बताइन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव लीलाप्रसाद शर्माले व्यवसायमा महिलाको भूमिका विस्तार गर्न सरकार प्रतिबद्ध रहेको बताउदै नीतिगत सुधारका माध्यमबाट विद्यमान समस्यालाई सम्बोधन गर्न नीतिपत्रका सिफारिसहरू महत्वपूर्ण हुने उल्लेख गरे ।
महिला उद्यमी महासंघ नेपालकी प्रथम उपाध्यक्ष दर्शना श्रेष्ठले महिलाको सहभागिताका साथ तर्जुमा गरिएको लैङ्गिक उत्तरदायी नीतिले व्यापारमा महिलाको सहभागिता प्रर्वद्धन गर्न निर्णायक भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।आयोजना भएका पीपीडीहरूले व्यवसायमा महिला सहभागिता प्रवद्र्धन गर्न आवश्यक सिफारिसहरु तयार गर्न सहज हुने विश्वास लिइएको छ । ललितपुर, विराटनगर र नेपालगन्जमा आयोजित पीपीडीहरूको श्रृङ्खलापछि तयार पारिएको यो नीति धारणापत्रले लैङ्गिक उत्तरदायी र समावेशी व्यापार नीतिहरूमा बढी सहभागिता सुनिश्चित गर्दै व्यापार र व्यापार नीतिहरूमा लैङ्गिक विचारहरूलाई मूलप्रवाहमा ल्याउन सहयोग पुग्ने विश्वास गरिएको छ । यी संवादहरू आर्थिक गतिविधिहरूमा महिलाको संलग्नता, व्यवसायिक वातावरण, कानुनी र नियामक ढाँचा, वित्तमा पहुँच, व्यापार नीति, सीपमा पहुँच, र काम र समाज लगायत छवटा मुख्य मुद्दाहरूमा केन्द्रित थिए।

यो नीति धारणापत्रमा उल्लेख भएका सिफारिसहरू भए बमोजिम आर्थिक गतिविधिमा महिलाहरूको सहभागिताको लागि अनुकुल वातावरण निर्माण गरी यिनीहरूको कार्यान्वयनका लागि नीति निर्माता समक्ष पैरवी गरिनेछ ।
Surya

मङ्गलबार, असोज ०९, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अवरुद्ध केही मुख्य राजमार्गमा यातायात सुरु
साताको पहिलो दिन घट्यो सुनको मूल्य
चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण
२४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन
वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन
विश्व हाँसो दिवस मानाउँदै

लोकप्रिय

  • १.
    साताको पहिलो दिन घट्यो सुनको मूल्य

  • २.
    वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • ३.
    आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ४.
    एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ५.
    आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

  • ६.
    आज मिति २०८३ साल वैशाख १९ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

भर्खरै

  • १.
    अवरुद्ध केही मुख्य राजमार्गमा यातायात सुरु

  • २.
    पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै,आज यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ३.
    आज मिति २०८३ साल वैशाख २३ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • ४.
    साताको पहिलो दिन घट्यो सुनको मूल्य

  • ५.
    चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

  • ६.
    २४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

  • ७.
    वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

  • ८.
    विश्व हाँसो दिवस मानाउँदै

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.