• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, भदौ ०४, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • २. गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ३. बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

नेपाली कांग्रेस नवलपरासीद्धारा नेता देवेन्द्रराज कंडेललाई कारवाहीको माग

नवलपरासी/६ असोज।

नेपाली काङ्ग्रेस पश्चिम नवलपरासीको जिल्ला कार्यसमितिले केन्द्रिय सदस्य देवेन्द्रराज कंडेललाई कारवाहीको माग गरेको छ । हिजो असोजको ५ गते केन्द्रिय समितीमा नेता कंडेलले दिएकाे अभिव्यक्तिको घोर भर्सना गर्दै जिल्लाले कारवाहीको माग गरेको हो । कंडेलले पार्टी हित बिपरित बोलेको भन्दै केन्द्रिय कार्यसमितिको बैठकको रेकर्डबाट तत्काल हटाउन समिति माग गरेको छ ।

कांग्रेस केन्द्रिय कार्यसमितिको असोज ५ गतेको बैठकमा कंडेलले २ बर्ष देखि जिल्ला कार्यसमितिको बैठकमा सभापति उपस्थित नहुने, कार्यवाहक सभापतिको भरमा पार्टी चलेको, कार्यवाहक सभापतिले पार्टीमा भोट नहालेको,राष्ट्रिय स्वतन्त्र पार्टी पाल्हीनन्दन गाउँपालिका सभापतिले मुस्लिम संघको कार्यक्रम संचालन गरेको, जिल्ला कार्यसमिति पुरै राष्ट्रिय स्वतन्त्र पार्टीको कब्जामा रहेको बताउनु भएको थियो ।

यसकाे प्रतिकार स्वरुप जिल्ला कार्यसमितिका सभापति अर्जुन पोखरेलले कंडेलले सधैँ आफू केन्द्रित राजनीति गरेको बताउनु भयो । उहाँले भन्नुभयाे, ‘कंडेलजीले २०४८ सालमा पार्टीमा कृष्णचन्द्र नेपालीले टिकट ल्याउँदा अनसन बसी चुनाव हराउनु भएकाे हाे । २०६४ सालमा पार्टीका उम्मेदवार देवकरण कलवारलाई हराउन हृदयेश त्रीपाठीलाई साबिक रमपुरवा गाविस लगाएत ठाउँको मत दिनु निर्देशन दिनुभयो,अहिलेको स्थानीय चुनावमा सुनवल नगरपालिका,रामग्राम नगरपालिका र पाल्हिनन्दन गाउँपालिकामा पार्टी उम्मेदवार बिरुद्ध लाग्नु भयो, जिल्ला समन्वय समितिको प्रमुखमा आर्थिक प्रलोभनमा परि पार्टीका आधिकारिक उम्मेदवार हराउन लाग्नुभयो । उहाँकै हैकमवादले सदैव कार्यकर्ताको भावना र पार्टीको हितबिपरित भएको छ ।’ त्यस्तै सरावल गाउँपालिकामा पार्टीको आधिकारीक उम्मेदवार हुँदा हुँदै पनि पार्टिका बागी उम्मेदवार राधेश्याम चौधरी र वार्ड नं ०४ का वार्ड अध्यक्ष पदका बागी उम्मेदवार छोटेलाल पासवानलाई उकासी चुनाव लडाएको र हराएको बताउनु भएको छ ।

जिल्लामा भातृ संस्थाहरुको गठनका बिषयमा जिल्ला कार्यसमिति सँग कुनै पनि समन्वय नै नगरी सोझै केन्द्रबाट सभापति नियुक्ति गर्ने रबैयाले यस्ताे भएकाे जिल्ला सभापति अर्जुन पोखरेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ । केन्द्रिय बैठकमा नेता कंडेलले जिल्ला अधिबेशनबाट निर्वाचित जिल्ला कार्यसमितिलाई भङ्ग गर्न माग गरेपछि नेपाली काङ्ग्रेस नवलपरासीको विवाद उत्कर्षमा पुगेको छ ।

जिल्लामा सस्थापन पक्षमा केन्द्रिय सदस्य देबेन्द्रराज कंडेल र सस्थापनइतर पक्षमा लुम्बिनी प्रदेश महामन्त्री बिक्रम खनालले नेतृत्व गरेको २ गुट प्रष्ट देखिन्छ । अहिलेको जिल्ला कार्यसमितिमा खनाल पक्ष बलियो छ भने कंडेल पक्ष कमजोर छ ।अहिलेको जिल्ला कार्यसमितिलाई कंडेलले आफू अनुकुल चलाउन नसकेपछि कार्यसमितिका विरुद्धमा कंडेल लागेको जिल्ला सचिब कुलदिप आचार्यले बताउनु भयो ।

यस्तै अहिलेको स्थानीय चुनाव नेता कँडेलले आफूले हराएको र निर्वाचन क्षेत्र नं ०२ मा आफू ले टिकट लियर आएको देखाए भनी धम्की दिँदै हिदेकोको कारण पार्टिको सुशासनलाई खिल्ली उडाएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।

शनिबार, असोज ०६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा
राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन
गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट
गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने
‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न
सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

लोकप्रिय

  • १.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • २.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ३.

  • ४.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

  • ५.
    ‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

  • ६.
    सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ७.
    OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

  • ८.
    फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.