नेपाल तेक्वान्दो संघको आयोजनामा कोरियन एम्वेष्टर खुल्ला एघारौं अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ । यही भाद्र २७ देखी ३१ गतेसम्म संघको केन्द्रिय कार्यालय सातदोबाटोमा सन्चालित प्रतियोगिता सम्पन्न भएको हो ।
उक्त प्रतियोगितामा नेपाल तेक्वान्दो संघ नवलपुरका खेलाडि इशा महतोले महतोले स्वर्ण पदक जितेकि छन् । उक्त प्रतियोगिता मा नेपाल, भारत, बंगलादेश, श्रीलंका लगायत देशबाट करिब १७ सय खेलाडीको सहभागिता रहेको नेपाल नेक्वान्दो संघले जनाएको छ ।
तेक्वान्दो को ग्यरोगि तर्फ महिला ४०-४५ के जि तौल समुहमा भएको प्रतिस्पर्धामा महतोलाइ स्वर्ण पदक प्राप्त भएको हो । महतोले यस अघि नेपाल तेक्वान्दो संघले आयोजना गरेको रास्ट्रीय प्रतियोगिता मा प्रथम स्थान र प्रदेस स्तरिय प्रतियोगिता म पनि प्रथम स्थान हासिल गरेकि छन्। अत्यन्त मेहनेति र लगनसिल इशा नेपाल तेक्वान्दो संघ नवलपुरकि कुशल खेलाडिमा गनिन्छिन । उनि कावासोति तेक्वान्दो डोजाङ कि खेलाडि हुन भने उनका प्रशिक्षक बिशाल महतो हुन्।