रत्ननगर, ३० भदौं ।
खैरहनीको कुमरोज र रत्ननगरको सिमानाबाट बग्ने बुढीराप्ती खोलामा गोहीको आक्रमणबाट शनिबार एक जनाको मृत्यू भएको छ ।
खोलामा माछा मार्ने क्रममा रत्ननगर वडा नं ५ मगरटोलका ४२ बर्षिय फगुना महतोको मृत्यू भएको जनकौली मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जोगेन्द्र महतोले जानकारी दिए । घटना दिउसो ५ बजे सो वन क्षेत्रमा भएको हो । शवको मुचुल्का उठाएर पोष्टमाटमको लागि भरतपुर अस्पताल पठाइएको छ ।



