भाद्र २५। गैंडाकोट, नवलपुर
जनक कलेज गैंडाकोटको १७ औ. बार्षिकोत्सव कार्यक्रम अन्र्तगत सोमबार गैंडाकोट नगरपालिका स्तरीय अन्तर कलेज एवं मा वि. स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । कलेजका सञ्चालक समितिका अध्यक्ष कमल प्रसाद पराजुलीको अध्यक्षता भएको उक्त प्रतियोगितामा जनक नमुना मा. वि गैंडाकोट प्रथम भएको छ ।
गैंडाकोट नगरपालिकाका कलेज र मा. वि. गरी एक दर्जन समुहको सहभागिता रहेको सो प्रतियोगितामा जनक कलेजको समुह द्धितीय हुन सफल भएको थियो भने गैंडाकोट अंग्रजी माध्यमिक विद्यालयले तस्रो स्थान हात पारेको थियो । सो प्रतियोगिताको सहजीकरण कलेजका प्राध्यापक विष्णु प्रसाद रिजालले गर्नुभएको थियो ।
यसैबीच कलेजले आफ्नो १७ औं बार्षिकोत्सव कार्यक्रम अन्तरगत एक महिने कार्यक्रम गएको भाद्र १७ गते घोषणा गरेको थियो भने त्यसै दिन खुल्ला कविता प्रतियोगिता समेत सम्पन्न गरिसकेको कलेजका प्राचार्य चेतनाथ भुसालले जानकारी दिनुभयो । एक महिने कार्यक्रम अन्तरगत भलिवल प्रतियोगिता लगायत विभिन्न आन्तरिक तथा बाह्य प्रतियोगिताहरु सञ्चालन गरिने बार्षिकोत्सव कार्यक्रम प्रचार प्रसार विभागका संयोजक हिमाल देव पंगेनीले जानकारी दिनुभएको छ । कलेजले आगामी असोज २० गते १७ औं बार्षिकोत्सव कार्यक्रमको मुल समारोह आयोजना गरी कार्यक्रम सम्पन्न कलेजका सहायक प्राचार्य प्रध्युम्न ढुङ्गानाले बताउनुभयो ।