काठमाण्डौ भदौ २०-
एसिया कप क्रिकेटअन्तर्गत सुपर फोरको पहिलो खेलमा बङ्गलादेशले पाकिस्तानलाई १ सय ९४ रनको सामान्य लक्ष्य दिएको छ ।
लाहोरको गद्दाफी स्टेडियममा टस जितेर ब्याटिङ गरेको बङ्गलादेश ३८ ओभर ४ बलमा १ सय ९३ रन बनाउँदा अलआउट भयो । बङ्गलादेशका लागि मुशफिकर रहिम र शाकिब अल हसनले अर्धशतक बनाए । मुशफिकर ६४ र शाकिब ५३ रन बनाएर आउट भए । बलिङतर्फ पाकिस्तानका हरिस रौफले ४ र नशीम शाहले ३ विकेट लिए । यस्तै सहिन साह अफ्रिदी, फहिम अशराफ र इफतिखर अहमिदले समान एक एक विकेट लिए ।
समूह ए बाट पाकिस्तान शीर्ष र भारत दोस्रो स्थानमा तथा समूह बी बाट श्रीलङ्का शीर्ष र बङ्गलादेश दोस्रो स्थानमा रहेर सुपर फोरमा पुगेका छन् ।