• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, असार २६, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

बाग्मतीका प्रयोगशाला प्रमुख नारायण कार्की भन्छन्, ७० प्रतिशत एन्टिबायोटिकले काम गरेको छैन

चितवन ।

विश्वमा एन्टिबायोटिक औषधिले काम गर्न छाडेपछि त्यसले निम्त्याउने स्वास्थ्य जोखिमलाई शीर्ष १० स्थानमा राखिएको छ । धनी देशहरूले धमाधम एन्टिबायोटिक रेसिस्टेन्स का क्षेत्रमा काम गरिरहेका छन् । तर, नेपालमा नियम कानुनको अवरोधका कारण प्रभावकारी ढंगबाट काम अगाडि बढेको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा मदन उपाध्याय एन्टिबायोटिक रेसिस्टेन्स वा “प्रतिजैविक प्रतिरोध” विश्वका शीर्ष १० स्वास्थ्य खतराको सूचीमा छ । अधिकारीहरूले बताए अनुसार एन्टिबायोटिकको प्रभावकारितामा आएको ह्रास नियन्त्रणको विरुद्धमा अहिले नै कुनै कदम चालिएन भने, विश्वमा सन् २०५० सम्ममा १ करोड मानिसहरूको मृत्यु प्रति वर्ष हुने अनुमान छ ।
विश्वव्यापी वार्षिक १३१० खर्ब नेपाली रुपैयाँको आर्थिक क्षति हुने अनुमान गरिएको छ । त्यस्तै, सन् २०३० सम्ममा एन्टिमाइक्रोबियल रेसिस्टेन्सले २ करोड ४० लाख मानिसलाई चरम गरिबीमा धकेल्ने अनुमान गरिएको छ । बाग्मती प्रदेशका प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुख नारायण कार्कीका अनुसार बिरामीहरूमा एन्टिबायोटिकले काम गर्ने क्षमतामा ह्रास आँउदै गएको छ ।

आधिकांश एन्टिबायोटिकले काम नगर्दा विश्वमा वार्षिक १२ लाख ७० हजार मानिसको मृत्यु हुने गरेको विभिन्न अध्ययनहरूले देखाएको छ । यसले आगामी केही समयमा विश्वभर ठुलो महामारीको रूप लिने अधिकारीहरूले औंल्याएका छन । कोभिड जस्तै यसको पहिलो असर नेपाल जस्ता गरिब देशहरूमा पर्ने निश्चित छ ।

एन्टिबायोटिक औषधिले काम नगरेकै कारण सन् २०३० सम्म थप २ करोड ४० लाख मानिसहरू चरम गरिबीमा पुग्नेछन् । विश्व अर्थतन्त्रमा १०० खर्ब अमेरिकी डलरको भार पर्ने छ ।

प्रयोगशाला प्रमुख कार्कीका अनुसार संकलित बिरामीको नमुना अनुसार ३० प्रतिशत बिरामीमा मात्रै एन्टिबायोटिक औषधिले काम गरेको अवस्था छ । यो अत्यन्तै दुखलाग्दो नतिजा हो । उनले बताए अनुसार पिसाबको संक्रमणमा धेरै एन्टिबायोटिक औषधिले काम गरेको छैन । युटिआइमा आवश्यक पर्ने ७० प्रतिशत एन्टिबायोटिक औषधि रेसिस्टेन्स भएको छ कार्की भन्छन् ।

निर्देशक कार्कीका अनुसार इन्जेक्सनबाट दिइने एन्टिबायोटिक औषधिको प्रभावकारिता केही देखिएको छ । यसको कारण इन्जेक्सनबाट दिइने औषधि चिकित्सकको निगरानी बिना बिक्री बितरण हुदैन । त्यसैले केही काम गरेको हो, उनी भन्छन् ।

प्रतिजैविक प्रतिरोध अन्त्य वा न्यूनिकरणको लागि एक स्वास्थ्य अन्तर्गतका सबै सरोकारवालाले मिलेर काम गर्नुपर्ने हुन्छ, तर, नेपालमा भएको छैन । एन्टिबायोटिक रेसिस्टेन्स अर्थात रोग प्रतिरोधी समस्या बढ्दो स्तरमा छ । किलरका रुपमा अगाडि देखिएको एन्टिबायोटिकलाई नजरअन्दाज गर्नु जनस्वास्थ्यका लागि हानिकारक हुन सक्छ । जसरी जीवाणुहरू विकसित हुँदै छन्, ती यिनै औषधीप्रति प्रतिरोधी बन्दै गइरहेका छन ।

बरिष्ठ छाती रोग विशेषज्ञ चिकित्सक डा सन्त कुमार दास एन्टिबायोटिकले काम नगर्दा विभिन्न ब्याक्टेरियाबाट हुने संक्रमण रोगको उपचारमा समस्या देखिएको बताउँछन । हरेक अस्पतालमा एएमआरका बिरामी छन । कयौँको मृत्यु भइरहेको छ तर, यसमा कसैको ध्यान गएको छैन डा दास भन्छन् ।

चिकित्सकहरू भन्छन् ब्याक्टेरियाबाट हुने सङ्क्रमणको उपचारमा एन्टिबायोटिक प्रयोग गरिन्छ तर, यसको जथाभावी दुरुपयोगले गर्नुपर्ने काम गर्न छाडेको छ ।

एन्टिबायोटिक के हो ?
ब्रिटिश चिकित्सा वैज्ञानिक निक अलेक्जेन्डर फ्लेमिङले सन १९२८ मा पहिलो पल्ट पेनिसिलिन नामको एन्टिबायोटिक पत्ता लगाए पछि धेरै प्रकारको रोगहरूको उपचारमा प्रयोग हुने धेरै किसिमको एन्टिबायोटिकको निर्माण भई उपचार कार्यमा प्रयोग हुँदै आएको छ ।
रेग्मीका अनुसार ब्याक्टेरिया (जिवाणु) जन्य सङ्क्रमणहरू तथा त्यसको असरलाई निराकरण गर्न एन्टिबायोटिक प्रयोग गर्ने गरिन्छ । ब्याक्टेरियाहरूले निकाल्ने टक्सिनको प्रतिरोधको लागि प्रयोग गर्ने भएकोले यसलाई प्रतिरोधात्मक औषधि अथवा प्रति जिवाणु औषधि भनेर बुझ्न पनि सकिन्छ ।

सामान्य अर्थमा बुझ्दा, एन्टिबायोटिक भनेको यस्तो रासायनिक तत्व हो, जसले शरीरमा रहेका ब्याक्टेरियाहरूलाई मार्न सक्ने क्षमता राख्छ । ब्याक्टेरियामा भएको कोषिकाहरूमा भएको निश्चित तत्त्वहरूलाई लक्षित गरेर मार्न सक्ने क्षमता भएको औषधिलाई नै एन्टिबायोटिक भन्ने गरिन्छ वा शरीरमा पैदा हुने विभिन्न ब्याक्टेरिया मध्ये कुनै निश्चित ब्याक्टेरिया नष्ट गर्ने क्षमता भएको औषधि एन्टिबायोटिक हो ।

के हो एन्टिबायोटिक रेसिस्टेन्स ?
ब्याक्टेरियाहरूको सङ्क्रमण रोक्न प्रयोग गरिने औषधिलाई एन्टिबायोटिक भनिन्छ । एन्टिबायोटिक प्रयोग गर्दा पनि ब्याक्टेरियामा आएको परिवर्तन वा एन्टिबायोटिक पचाउन सक्ने क्षमताको कारणले एन्टिबायोटिकको असर नदेखिए त्यस्तो अवस्थालाई एन्टिबायोटिक रेसिस्टेन्स (एन्टिबायोटिक प्रतिरोध) भनिन्छ ।

रेसिस्टेन्स ब्याक्टेरियाले सङ्क्रमण गरेमा सामान्य अवस्थाभन्दा कडा एन्टिबायोटिक आवश्यक पर्ने, लामो समय अस्पताल बस्नु पर्ने र मृत्युदर पनि बढ्ने हुन्छ । एन्टिबायोटिक रेसिस्टेन्स विश्व स्वास्थ्य, खाद्य सुरक्षा र विकासको निम्ति ठूलो चुनौतीको रुपमा देखा परेको छ । क्षयरोग, निमोनिया, टाइफाइड लगायतका सङ्क्रमणहरुलाई एन्टिबायोटिक रेसिस्टेन्सको कारण उपचार गर्न कठिन हुँदै गइरहेको छ ।
यसकारण बढ्दैछ एन्टिबायोटिक रेसिस्टेन्स

लामो समयको अन्तरालमा ब्याक्टेरिया एन्टिबायोटिकबाट बाँच्न स्वत रुपमा आफै रूप परिवर्तन गर्ने गर्दछ । एन्टिबायोटिकको अनुचित प्रयोगले यो प्रक्रियालाई थप सहयोग गर्छ र रेसिस्टेन्सको विकास चाँडो हुने गर्छ ।

बिहिबार, भदौ १४, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?
आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.

  • ६.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ७.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • ८.
    बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.