तनहुँ, भदौ १२-
बालिकालाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ परेका छन् । प्रहरीले तनहुँ ऋषिङ गाउँपालिका-७, ज्यामिरेमाइ आधारभूत विद्यालयका प्रधानाध्यापक झुलबहादुर थापालाई १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा हिजो (सोमबार) प्रकाउ गरिएको हो ।
गत साउन ३१ गते प्रधानाध्यापक थापाले १२ वर्षीया बालिकालाई बलात्कार गरेको भन्दै परिवारले प्रहरीमा उजुरी दिएका थिए । उजुरी दिएपछि थापा फरार थिए ।



