भदौ ९-
भारतको कानपुरमा युवतीहरूलाई प्रेमको जालमा पारेर बलात्कार गर्ने गरेका घटनाहरू रोकिएका छैनन्। अहिले यस्तै अर्को घटना बाहिर आएको छ । जहिर नामका युवकले राहुलको नक्कली फेसबुक बनाएर १७ वर्षीया नाबालिगलाई प्रेमको जालमा फसाएका छन्।
भेट्न बोलाएर उनलाई नाबालिगलाई बलात्कार गरेका छन्। पीडितले आरोपीको वास्तविकता थाहा पाएपछि उनीसँग बोल्न बन्द गरेकी थिइन् । तर, अहिले आरोपीले नाबालिगलाई धर्म परिवर्तन गर्न दबाब दिइरहेका छन् । आरोपितले इस्लाम धर्म ग्रहण नगरेको खण्डमा पीडितको अश्लील भिडियो भाइरल गर्ने बताएको प्रहरीले जनाएको छ।
ती १७ वर्षीया पीडित नाबालिगले प्रहरी चौकीमा गएर उजुरी दिएकी छ थिइन्। प्रहरीले यस विषयमा अनुसन्धान भइरहेको जनाएको छ। एजेन्सी



