काठमाडौं, भदौ ६-
धादिङको गजुरीमा बुधबार दिउँसो भएको बस दुर्घटनामा ज्यान गुमाएकामध्ये ४ जनाको सनाखत भएको छ । प्रहरीका अनुसार म्याग्दीको रघुगंगा-३ का ५० वर्षीय थानबहादुर भन्डारी, पर्वतको मोदी-१ का १५ वर्षीया कृतिका शर्मा पौडेल, धादिङको गजुरी-८ का २४र२५ वर्षीय सविन रम्तेल र कास्कीको फुलबारी-११ का २४-२५ वर्षीय सुमन थापा रहेका छन् ।
काठमाडौंबाट बेनी हिडेको प्रदेश ०३-०१-००५ ख ९९५२ नम्बरको बस अनियन्त्रित भइ गजुरी–२ चालिसेस्थित त्रिशुलीमा खसेको थियो । ज्यान गुमाउनेमध्ये ६ जना पुरुष र २ जना महिला छन् ।