गैंडाकोट
मौलाकालिका मन्दिर परिसरमा एक कार्यक्रमका बीच नेरेसो गैंडाकोट उपशाखाले त्यहाँस्थित सबै ३२ जना विद्यार्थी र गुरूहरूलाई वस्त्र प्रदान गरेको छ ।
कार्यक्रम नेरेसो गैंडाकोट उपशाखा सभापति उमाकान्त सापकोटाको सभापतित्वमा सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका अध्यक्ष रहनुभएको थियो । उहाँले रेडक्रसको सहयोग प्रति धन्यवाद व्यक्त गर्दै वैदिक सनातन धर्मको रक्षाका लागि सक्षम व्यक्ति निर्माण गर्ने अभिप्रायले मन्दिरमा संस्कृत गुरूकुलम सन्चालनमा ल्याइएको बताउनुभयो
कार्यक्रममा गैडाकोट वडा नं १ का निवर्तमान वडाध्यक्ष हरिप्रसाद सापकोटाले दुःखमा रेडक्रस भन्ने मान्यताले सार्थकता पाएको बताउनुभयो । संस्थाका सहसचिव दोलराज पाण्डेले स्वागत मन्तव्य राख्नुभएको सो कार्यक्रममा शाखाका सदस्य एवम् पूर्व केन्द्रीय सदस्य पूर्णप्रसाद गौडेलले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा मन्दिरका निवर्तमान अध्यक्ष विष्णुहरि रिमाल, गुरूकुलमका प्रधानाध्यापक लेखनाथ अधिकारी , कार्यसमितिका सदस्य गोविन्द रिमाललगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण सचिव विष्णुप्रसाद सापकोटाले गर्नुभएको थियो ।



