चितवन । ठूलो पहिरो खसेर नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ । सडक डिभिजन भरतपुरका अनुसार नाम्सु पुल नजिकै पहिरो खसेर सडक अवरुद्ध भएको हो ।
पहिरो पन्छाउन मेशिन त्यसतर्फ जाँदै गरेको सडक डिभिजनका सूचना अधिकारी चण्डेश्वर साहले बताए । ठूलो पहिरो खसेकाले सडक सुचारु हुन केहि समय लाग्ने उनले बताए ।