• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, असार १३, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम

आज मिति २०८३ साल असार ७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

आज अन्तरराष्ट्रिय योग दिवस

विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो

लोकप्रिय समाचार

  • १. गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • २. रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

  • ३. फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

  • ४. बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

  • ५. आज मिति २०८३ साल असार ७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६. आज अन्तरराष्ट्रिय योग दिवस

  • ७. कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम

  • ८. नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

चितवनको कालिका नगरपालिकामा ५५ सयवटा पशुलाई लम्पी स्किन विरुद्धको भ्याक्सिन

चितवन,भदौ ३-

कालिका नगरपालिका क्षेत्रभित्रका ५४ सय ५० वटा गाई, भैसीमा लम्पी स्किन विरुद्धको भ्याक्सिन लगाइसकेको छ । साउन २५ गतेदेखि नगरपालिकाले अभियानकै रुपमा किसानहरुको गोठगोठमा प्राविधि सहितको टोलीलाई भ्याक्सिन लगाउन पठाएको हो ।

नगरपालिका अन्तगर्त पशु शाखा प्रमुख इश्वरी प्रसाद पौडेलका अनुसार कालिकाको वडा नं. १ देखि ७ नम्बर वडाका किसानले पालेको गाई, भैसीलाई भ्याक्सिन लगाउने काम सकिएको छ । वडा नं. ८, ९, १० र ११ वडामा अहिले भ्याक्सिन लगाउने काम जारी छ ।

नगरपालिकाले लम्पी स्किन विरुद्धको भ्याक्सिनसँगै आवश्कता अनुसार जुकाको औषधी समेत निशूल्क दिइरहेको छ । भ्याक्सिनका कारण कुनै साईड इफेक्ट कतै देखिएको छैन । सुरुमा किसानहरु भ्याक्सिन लगाउन आनाकानी गरेका थिए । दुग्ध घट्ने डर किसानहरुमा थियो पशु शाखा प्रमुख पौडेलले भन्नुभयो – ‘अहिले किसानहरुले बुझे, हाम्रो गोठमा भएका गाईभैसीलाई पनि लगाईदिनुस भन्न थालेका छन् ।’

प्राविधिक टोलीले गोठमा देखिने फोहोर लगायत गाईभैसीलाई दिने दानापानीको विषयमा पनि सम्झाउँदै हिडेका छन् । प्राविधिक टोलीसँगै जनप्रतिनिधिहरु पनि किसानको गोठगोठ पुगिरहेका छन् । वडा नं. ८ मा अब ३ वटा टोलमा भ्याक्सिन लगाउन बाँकी छ । यो वडामा साउन २७ गतेदेखि अभियान सुरु भएको थियो । १७ वटा टोल मध्ये ३ वटा मात्रै बाँकी रहेको वडा नं. ८ का वडा अध्यक्ष चित्रवहादुर मगरले जानकारी दिनुभयो । वडा नं. ८ मा मात्रै अहिले सम्म ६ सय ७५ वटा गाईभैसीमा भ्याक्सिन लगाइएको छ । लम्पी स्किनको संक्रमणका कारण यो वडामा केही गाईहरु मरेको भएपनि अहिले पूर्ण रुपमा नियन्त्रणमा आईसकेको वडा अध्यक्ष मगरको दावी छ ।

नगरपालिकाको यो अभियानलाई स्थानीय दुग्ध उत्पादक सहकारी संस्थाले राम्रो साथ दिइरहेको छ । वडा नं.८ देखि माथिल्ला वडाहरुमा उत्थान दुग्ध उत्पादक सहकारी संस्थाले प्राविधिक टोलीहरुलाई सहयोग गरिरहेको छ । कुनैपनि गाईभैसी भ्याक्सिन लगाउनबाट छुट्नुहुँदैन भनेर सहकारीले आफ्नै एकजना कर्मचारीलाई प्राविधिक टोलीसँगै परिचालन गरेको छ । प्राविधिक टोलीलाई सहकारीकै प्रतिनिधिले किसानहरुको घरघर सम्म लैजाने काम गरिरहेको छ ।

सहकारीका अध्यक्ष राजेन्द्र ढुंगानाका अनुसार लम्पी स्किन महामारीका कारण आतिएका किसानहरुले ठूलो राहतको महशुसगर्न थालेका छन् । किसानहरुको पीडामा नगरपालिका सहयात्री बनेर उभिएको छ उहाँले भन्नुभयो –अहिले किसानहरु खुशी छन् । नगरपालिकाको यो अभियानमा सहकारी सुरुवातनै देखिनै सँगै छ ।

कालिका नगरपालिका दुग्धमा आत्मनिर्भर पालिका भएकाले दुग्ध उत्पादन घट्न दिन नहुने तर्फ पालिकाले खेलेको भूमिका प्रशंसागर्न योग्य रहेको सहकारीका अध्यक्ष ढुंगानाले बताउनुभयो । कालिकामा दैनिक १२ हजार लिटर दुग्ध संकलन हुँदै आएको छ ।

नगरक्षेत्र भित्रका किसानहरुले पालेको पशुहरुको सुरक्षाका लागि नगरपालिका कहिलै पछाडिनपर्ने नगर प्रमुख विनोद रेग्मीले बताउनुभयो । किसानको पशु सुरक्षणगर्ने जिम्मा नगरपालिकाको हो –‘ तपाईहरु ढुक्कसँग पशुपालनमा लाग्नुस’ नगर प्रमुख रेग्मीले भन्नुभयो । लम्पी स्किन महामारी विरुद्धको भ्याक्सिन मात्रै नभई पशुहरुमा लाग्ने अन्य रोगहरुको उपचारका लागि पनि नगरपालिकाले किसानलाई सघाउने उहाँले बताउनुभयो । भ्याक्सिन सेवाको प्रभावकारिताबारे अनुगमनगर्न किसानको घर गोठमा पुग्नुभएका नगर प्रमुख रेग्मीले किसानलाई आवश्यकताका आधारमा पालिकाले सहयोगगर्दैै आएको बताउनुभयो ।

आइतबार, भदौ ०३, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर
फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा
रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने
कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम

लोकप्रिय

  • १.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • २.
    रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

  • ३.
    फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

  • ४.
    बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

  • ५.
    आज मिति २०८३ साल असार ७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.

  • ७.
    आज मिति २०८३ साल असार ७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८.
    आज अन्तरराष्ट्रिय योग दिवस

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.