गैँडाकोट । नारायणीमा बेपत्ता देवचुली ११ का युवकको शव फेला परेको छ । कावासाती १२ लौगाईस्थित लोकाहा खोला र नारायणी नदी किनारमा शनिवार दिउँसोदेखि डुवेर हराईरहेका २० बर्षीय मंगल पुलामीको शव २४ घण्टापछि आज दिउसो एकबजे फेला परेको हो ।
पुलामी साथीहरुसँग माछा मार्ने क्रममा शनिबार दिउँसो १२:३० बजे बेपत्ता भएका थिए ।पुलामीसँगै अर्का एक जना पनि डुबेको र तत्काल नै अन्य माछा मार्नेहरुले उद्धार गरेको स्थानीयले बताए ।
उद्धार तथा खोजी कार्यमा खटिएका स्थानीय युवाहरुले तियारी जालको सहायताले शव फेला पारेका घटनास्थलबाट देवचुली ११ का वडासदस्य डम्बरबहादुर सिंजालीले जानकारी दिए । घटनास्थलबाट शव निकालेपछि उनीहरुले प्रहरीमा खवर गरेका छन् ।