चितवन। नारायणी नदीमा पौडी खेल्ने क्रममा डुवेर चितवनका एक युवा बेपत्ता भएका छन् । भरतपुर महानगरपालिका वडा नं. १६ शिवघाट स्थित नारायणी नदीमा डुबेर स्थानीय २० वर्षका सिजन बिक बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
दिउसो ३ वजे नदीमा डुबेर बेपत्ता भएका बिकको वडा प्रहरी कार्यालय नारायणगढको प्रहरी टोलीले खोजि कार्य गरिरहेको छ ।