• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, भदौ ०९, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी

लोकप्रिय समाचार

  • १. १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २. गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३. बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४. गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

उपचार अभावमा गुमाउँदै छन् कर्णालीवासीले ‘मुटुका टुक्रा’

काठमाण्डौं, ३१ साउन । झाडापखाला चलेपछि हुम्ला सिमकोटका सुरज चुनारले ६ महिनाका छोरा इमरानलाई उपचारको लागि जिल्ला अस्पताल ल्याए। उपचारपछि झाडापखाला त रोकियो, तर बच्चालाई निमोनियाले समात्यो।

चार दिन अस्पतालमा भर्ना गरेर उपचार गर्दा समेत निमोनिया ठिक नभएपछि जिल्ला अस्पतालका डाक्टरले साउन १८ गते थप उपचारका लागि बच्चालाई नेपालगन्ज ‘रेफर’ गरे। तर रेफर गरेको हप्ता दिनसम्म जहाज कुर्दाकुर्दै साउन २६ गते इमरानको ज्यान गयो।

बिरामी छोरालाई सुविधायुक्त अस्पताल लैजान सुरजसँग हवाई मार्गबाहेक अरू केही विकल्प थिएन। छोरालाई बचाउन धेरै प्रयास गरेका उनी नेपाल नागरिक उड्डयन प्राधिकरणको गलत निर्णयका कारण आफूले छोरा गुमाउनु परेको भन्दै पीडा पोख्छन्।

“सुविधा सम्पन्न ठाउँमा लग्न पाएको भए बचाउन सकिन्थ्यो कि भन्ने आशा थियो, तर हप्ता दिनसम्म पनि जहाज नआउँदा मुटुको टुक्रा (छोरा) गुमाएँ”, उनले भने, “यस्तो नियम लागू गर्नु भनेको दुर्गमका बिरामीलाई मर्न बाध्य पार्नु हो।”

जिल्ला अस्पताल हुम्लाकी निमित्त प्रमुख सरिता बोहराले आफ्नो अस्पतालले रेफर गरेको तर समयमै विरामीलाई उपचार हुन सक्ने सुविधा सम्पन्न अस्पताल लैजान नसक्दा हप्ता दिनभित्रै २ जना बच्चाको मृत्यु भएको बताइन्। “समयमै सुविधायुक्त अस्पतालमा लगेको भए बच्चाहरूलाई बचाउन सकिन्थ्यो”, उनले भनिन्, “१२ बजेसम्म मौसम खुल्दैन, दिउँसो खुल्छ जहाज आउँदैन ।”

साउन १५ गते रेफर गरिएका ७ महिनाका रोहित शाहीको पनि साउन २२ गते मृत्यु भएको थियो। बोहराका अनुसार दुवै बच्चालाई एनआइसीयूमा राखेर उपचार गर्नु पर्ने अवस्था थियो। तर यो सुविधा जिल्ला अस्पताल हुम्लामा छैन।

अहिले पनि थप उपचारका लागि हप्ता दिन अघि रेफर भएर नेपालगन्ज जान नसकेका ३ जना सिकिस्त बिरामी अस्पतालमै छन्।

यस्तै मुगुको खत्याड गाउँपालिकाका ६० वर्षीय बिर्खबहादुर कार्कीको पनि जहाज कुर्दाकुर्दै ज्यान गएको उनका आफन्तजनले बताएका छन्। उपचारका लागि सुविधायुक्त ठाउँमा लैजान छिमेकको बाजुरास्थित कोल्टी विमानस्थल पुर्याइए पनि तीन दिनसम्म जहाज नआउँदा उपचार अभावमा उनले ज्यान गुमाउनु परेको उनका परिवारजनले बताए।

नागरिक उड्डयन प्राधिकरणले मनसुनी वर्षा धेरै हुने समयलाई ध्यानमा राखेर हवाई सुरक्षाकालागि भन्दै गत साउन १५ गतेबाट पहाडी तथा हिमाली जिल्लाका साना जहाज चल्ने २९ वटा (स्टल एयरपोर्ट) विमानस्थलमा दिउँसो १२ बजेपछि उडानमा रोक लगाइएको जनाएको छ।

ती क्षेत्रका लागि भरपर्दो यातायात सेवाका रूपमा रहेका हवाई जहाज र हेलिकप्टरको सेवा दिनको १२ बजेपछि बन्द हुँदा आफूहरूले ठुलो सास्ती भोग्नु परेको त्यहाँका नागरिकहरूले गुनासो गरेका छन्।

अहिलेसम्म पनि सडक सुविधा नपुगेका र सडक भए पनि भरपर्दो यातायात सेवा नभएका ठाउँमा प्राधिकरणले दिउँसो १२ बजेपछिका उडानमा रोक लगाएपछि आपत्कालीन उद्धार, दैनिक उपभोग्य वस्तु, खाद्यान्न, औषधी, निर्माण सामग्रीको ढुवानीमा समेत असर परेको स्थानीयबासीले बताएका छन्।

कर्णाली र सुदूरपश्चिमलगायत देशका अरू पहाडी तथा हिमाली क्षेत्रमा मनसुनको समयमा प्रायःजसो दिउँसोतिर मात्रै मौसम सफा हुने गरेको स्थानीयबासिन्दा भन्छन्। यसअघि भने ती क्षेत्रका विमानस्थलमा दिउँसो पाँच बजेसम्म हवाई जहाज र हेलिकप्टर उडान हुने गर्थे।

प्राधिकरणले निर्माण सामग्री ढुवानी, कार्गो, चार्टर फ्लाइट र माउन्टेन फ्लाइटमा समेत १२ बजेपछि रोक लगाएको छ। प्राधिकरणको निर्णयले नागरिकलाई सास्ती हुनुको साथै पर्यटन व्यवसायसमेत धराशायी बन्ने अवस्था आएको पर्यटन व्यवसायी गुनासो गर्छन्।

सिमकोट गाउँपालिकाकी उपाध्यक्ष सुशीला रोकाया दुर्गमको जनजीवनलाई प्रतिकुल प्रभाव पार्ने निर्णय तत्काल फिर्ता लिन माग गर्छिन्। उनी भन्छिन्, “कर्णालीवासीलाई हेपेर गरिएको जनता मार्ने निर्णय हामीलाई मान्य छैन।” १२ बजेपछि उडानमा रोक लगाएपछि चामल ढुवानीको कामसमेत प्रभावित भएको छ।

उक्त निर्णय अघि दैनिक ९–१० वटा उडान हुँदै आएकोमा अहिले भने १२ बजेसम्म मुस्किलले २–३ खेप मात्र चामल ढुवानी हुने गरेको छ। समयमै चामल ढुवानी गर्न नसकिए यी गाउँपालिकामा हप्ता दिनभित्रै खाद्यान्न सङ्कट हुने उपाध्यक्ष रोकायाले चिन्ता व्यक्त गरेकी छन्।

नेपाल नागरिक उड्डयन प्राधिकरणले मनसुनको समयमा हुने हवाई दुर्घटना न्यूनीकरण गर्न तीन महिनाको लागि सेफ्टी प्रोटोकललाई कडाइका साथ लागू गरेको बताएको छ। प्राधिकरणका उपप्रबन्धक ज्ञानेन्द्र भुलले “कसैलाई दुःख दिने नियतले नभई जनताको जीवन सुरक्षाका लागि सेफ्टी प्रोटोकललाई कडाइ गरिएको” बताए। उनले भने, “मौसम अनुकूल भएको बेला खाद्यान्न ढुवानी, बिरामी ओसार पसार, आकस्मिक उद्धारको उडानमा भने रोक छैन।” (बीबीसी नेपालीबाट)

बुधबार, साउन ३१, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त
गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह
१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ
गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…
जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते
नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

लोकप्रिय

  • १.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४.

  • ५.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • ६.
    मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

  • ७.
    आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८.
    नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.