काठमाण्डौँ, साउन ३०-
नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्यवृद्धि गरेको छ ।
मंगलबार राति बसेको निगम सञ्चालक समिति बैठकले डिजेल र मट्टितेलमा प्रतिलिटर १४ र पेट्रोल लिटरमा ५ रुपैयाँले बढाएर मूल्य समायोजन गरेको निगम स्रोतले जानकारी दिएको छ । अब पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर १७५ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १६४.५ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।



