चितवन। चितवनमा डेंगु रोगको सङ्क्रमणका कारण हेटौडाका एक जनाको बिहीबार मृत्यु भएको छ ।हेटौँडा–१२ पदमपोखरीका ४१ वर्षीय राजेश प्रधानको डेंगुको कारण मृत्यु भएको हो।तीनदिन अघि हेटौँडास्थित सञ्चो अस्पतालमा परीक्षण गराउने क्रममा उनलाई डेंगु सङ्क्रमण पुष्टि भएको थियो ।
डेंगु सङ्क्रमणपछि घरमै आराम गर्ने भनेर गएका प्रधान मंगलबार अस्पताल भर्ना भएका थिए । बुधवार थप उपचारका लागि भरतपुर गएका प्रधानको बिहीबार उपचारको क्रममा चितवनस्थित नयाँ मेडिकल कलेजमा मृत्यु भएको हो । प्रधानलाई दोस्रो पटक डेंगु सङ्क्रमण पुष्टि भएको जानकारीमा आएको छ ।