चितवन, साउन २३-
लेदोसहितको पहिरो खसेर नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ । आज बिहान करिब ५ः२० बजेको समयमा इच्छाकामना गाउँपालिका–६ कालिखोला नजिक माथिबाट लेदोसहितको पहिरो खसेर सडक अवरुद्ध भएको हो ।
सडक पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख रामेश्वर कार्कीले जानकारी दिए । सडक डिभिजनसँगको समन्वयमा बाटो खुलाउने काम भइरहेको उनले बताए ।