• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, साउन १४, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ

गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक

एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको घुईचो

गैँडाकोट आधारभूत अस्पताल र बीमा बोर्डबीच सहकार्य, भाद्र १ देखि सेवा सुरु हुने

एक्सपर्ट चितवनमा भोलि ५० बढी युनिभर्सिटी भेट्न पाइने

बाढीपहिरो: यी ११ सडक पूर्णरूपमा अवरुद्ध

बाग्लुङ्गका सुर्य लामिछानेद्धारा एनसीसी केन्द्रिय सदस्यमा उम्मेद्वारी

लोकप्रिय समाचार

  • १. गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक

  • २. ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

  • ३. आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ४. गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ

मुग्लिन–मलेखु सडक विस्तार थालियो

चितवन, साउन २२
मुग्लिन–मलेखु सडक विस्तारको काम चितवन खण्डमा थालिएको छ । आइतबारदेखि चितवनखण्डको इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारबाट सडक विस्तारको काम अघि बढेको हो ।

यसअघि उक्त खण्डको धादिङको मलेखुबाट पनि काम सुरु भइसकेको छ । मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम बर्खाको समयमा पनि निरन्तर भइरहेको नागढुङ्गा–मुग्लिन सडक आयोजना ९पश्चिम खण्ड० का प्रमुख किरण कार्कीले जानकारी दिनुभयो । नागढुङ्गा–मुग्लिन सडक आयोजनाअन्तर्गत पश्चिम खण्डको मुग्लिन–मलेखु सडकखण्डक स्तरोन्नतिको काम तीव्र गतिमा भइरहेको छ । उनान्चालीस किलोमिटर लामो सो सडक निर्माणको जिम्मा पाएको शर्मा जेडआइसिजी जेभीले सडक विस्तार र स्तरोन्नति गरिरहेको कार्कीले बताउनुभयो ।

पहिलो चरणमा मलेखुदेखि चितवनको चुम्लिङटारसम्म विस्तारको काम भइरहेको छ । शर्मा जेडआइसिजी जेभीका शिवप्रसाद लामिछानेले चैतदेखि उक्त यो सडकखण्डको काम तीव्रगतिमा गरिरहेको बताउनुभयो । उहाँले बर्खाको समयमा निर्माणको कामलाई जारी राखेको बताउनुभयो । “वर्षाले असर नगर्ने ठाउँमा काम भइरहेको छ”, उहाँले भन्नुभयो, “पहिरो नजाने ठाउँमा भित्तो काट्ने काम भइरहेको छ ।”
सडक नभासिने ठाउँमा पर्खाल निर्माण भइरहेको छ । “निर्माण सुरु गरेदेखि काम रोकिएको छैन । बर्खामा त काम गरिरहेका छौँ । लक्ष्य अगावै निर्माणको काम सक्ने योजना छ ,उहाँले भन्नुभयो ।” उहाँले सडक निर्माणका क्रममा वन र विद्युत्को समस्या नआएर समयमै काम सम्पन्न हुने बताउनुभयो । चितवनतर्फ १७ किलोमिटर र धादिङतर्फ २२ किलोमिटर सडक स्तरोन्नति हुनेछ । सडक विस्तार र स्तरोन्नतिपछि न्यूनतम नौ मिटर कालोपत्र हुनेछ ।

बजार क्षेत्रमा भने चारदेखि छ लेनको सडक निर्माण हुने कार्कीले जानकारी दिनुभयो । बजार क्षेत्रमा फुटपाथ, डिभाइडर र बत्तीको पोलसमेत निर्माण गरिने छ । यो खण्डमा पुल निर्माणका लागि सोही कम्पनीसँग सम्झौता भएको छ । काम पनि सँगै सुरु भइसकेको छ । मलेखुसम्म छ पुल निर्माण हुनेछन् । गोमती, चरौदी, खटौटी, हुग्दी, मौवा र बारबाङ खोलामा नयाँ पुल बन्नेछन् ।

यो खण्डमा १० ठाउँमा आकाशे पुल निर्माण गरिनेछन् । मलेखु, शीतलबजार, बेनीघाट, विशालटार, माझीमटार, फिस्लिङ, कुरिनटार, लेवाटार, रमाइलोडाँडा र मुग्लिनमा आकाशे पुल निर्माण गरिने छन् । आयोजनाको यो खण्ड रु चार अर्ब ८० करोडको लागतमा विस्तार र स्तरोन्नति गर्न लागिएको हो । केही ठाउँमा रुख काट्न बाँकी छ । यो खण्डमा करिब तीन सय ५० रुख काटिने छन् ।

“यो सडकखण्ड निर्माण गर्दा पहाड काट्नेभन्दा पनि नदी किनारमा पर्खाल उठाउने कुरालाई प्राथमिकता दिएका छौँ,’ आयोजना प्रमुख कार्कीले भन्नुभयो, “पहाड काट्दा सधैँ पहिराले दुःख दिने सम्भावना रहुन्छ ।” सडक विस्तार र स्तरोन्नतिपछि कम्तीमा सडक २० वर्ष टिक्ने गरी डिजाइन भएको आयोजनाले जनाएको छ ।

सङ्घीय राजधानी काठमाडौँ प्रवेश गर्ने र बाहिरिने मुख्य मार्ग भएका कारण पनि यसलाई निर्धारित समयमै सम्पन्न गर्नुपर्ने दबाब छ । नागढुङ्गा–नौबिसे खण्ड र नौबिसे–मलेखु खण्डमा पनि सडक विस्तारको काम भइरहेको छ । विश्व बैंकको आर्थिक सहयोगमा उक्त राजमार्ग विस्तारको काम थालिएको हो । यसका लागि सरकार र विश्व बैंकबीच सन् २०२० मा सम्झौता भएको थियो । रासस

सोमबार, साउन २२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी
आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल
गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ
गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक
एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको घुईचो
गैँडाकोट आधारभूत अस्पताल र बीमा बोर्डबीच सहकार्य, भाद्र १ देखि सेवा सुरु हुने

लोकप्रिय

  • १.
    गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक

  • २.
    ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

  • ३.
    आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ४.

  • ५.
    एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको घुईचो

  • ६.
    गैँडाकोट आधारभूत अस्पताल र बीमा बोर्डबीच सहकार्य, भाद्र १ देखि सेवा सुरु हुने

  • ७.
    एक्सपर्ट चितवनमा भोलि ५० बढी युनिभर्सिटी भेट्न पाइने

  • ८.
    बाढीपहिरो: यी ११ सडक पूर्णरूपमा अवरुद्ध

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.