• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, बैशाख १६, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

लोकप्रिय समाचार

  • १. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३. कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ४. गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ५. आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६. आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ७. आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने

  • ८. कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

  • ९. आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

  • १०. आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

चितवनमा ‘ब्लु बस’को रुट परमिट नलिइ संचालन,यातायातबाट स्वीकृत नलिइ रङ परिवर्तन


चितवन,साउन २२-

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रवि लामिछानेले आइतबार बिहान सामाजिक सञ्जालमा लेख्नुभयो, “कठै, मोबाइल क्लिनिकमा हामीलाई प्राप्त गाडी मात्रै परिवर्तन हुन लागेको हो। मोबाइल क्लिनिक जारी छ।” तर उहाँले गाडी परिवर्तन गर्नु पर्नाको कारण भने खुलाउनुभएन। उहाँले भनेजस्तो अर्कै गाडी प्रयोग गरेर क्लिनिक भने जारी नै छ।

 

उहाँले आफ्नो निर्वाचन क्षेत्रमा मोबाइल क्लिनिक चलाउन प्रयोग गरेको गाडी ना २ च ५६१६ नम्बरको एम्बुलेन्स थियो, त्यो पनि नियम अनुसार पत्रु बनाउनुपर्ने अवस्थामा पुगेको, तर पत्रु बनाउनुपर्ने एम्बुलेन्सको गैरकानुनी रूपमा रङसमेत बदलेर चलाएको समाचार गोरखापत्रमा प्रकाशित भएपछि गाडी परिवर्तन गर्नैपर्ने बाध्यता आएको थियो।

 

उहाँले निर्वाचन क्षेत्रमा एम्बुलेन्सलाई ‘मोबाइल क्लिनिक’ मात्र चलाएको होइन अर्को एउटा बसलाई पनि आफ्नै निर्वाचन क्षेत्रमा महिलाका लागि निःशुल्क भन्दै ‘ब्लु बस’ सेवा सुरु गर्नुभएको छ। दुवैको रङ नीलो बनाइएको छ। एम्बुलेन्सबारे लेख्दा उहाँले बसमा कुनै समस्या नरहेको दाबी गर्नुभएको छ। फेसबुकमा लेख्नुभएको “ब्लु बसमा पनि कुनै समस्या छैन। मान्छेको पछि लाग्न छाडेर अब गाडीको पछि ?? भोलि टायर पुरानो भनेर लेख्न तयार हुनुहोला। हैट, हेडलाइन आतङ्क र … हैरानी। सक्दैनौ, सक्दै त सक्दैनौ।”

के छ बसमा समस्या ?

उहाँले दाबी गरेजस्तो ना ५ ख ३१३८ नम्बरको बस पनि समस्यारहित छैन। बसको पनि रङ परिवर्तन र रुटका सम्बन्धमा समस्या देखिएको छ। यातायात कार्यालय नारायणी, वीरगन्जमा २०७० मा दर्ता भई त्यहाँ र यातायात व्यवस्था कार्यालय, भरतपुरमा समेत रहेको विवरण अनुसार हाल भीमबहादुर तामाङको नाममा दर्ता कायम रहेको बसको रङ ‘हरियो, सेतो, सिल्भर, पहेँलो’ हुनुपर्नेमा स्वीकृतिबिना नै नीलो बनाइएको हो।

यी दुवै कार्यालयमा रहेको रेकर्डमा रङ परिवर्तनका लागि निवेदनसमेत दिएको देखिँदैन। यातायात व्यवस्था कार्यालय, वीरगन्जका कार्यालय प्रमुख उमेश रेग्मी र यातायात व्यवस्था कार्यालय, भरतपुरका अधिकृत गोविन्द पौडेलले कुनै पनि कार्यालयमा रङ परिवर्तनका लागि निवेदन नपरेको बताउनुभयो। यातायात व्यवस्था कार्यालय, भरतपुरका अधिकृत गोविन्द पौडेलले अनुमति नलिई सवारीसाधनको रङ परिवर्तन गरे कारबाही हुने बताउनुभयो तर यातायात व्यवस्था कार्यालय, भरतपुरले २०८० वैशाख १९ गते जारी गरेको जाँचपास प्रमाणपत्रमा भने ‘सुगा, हरियो, सेतो, सिल्भर पहेँलो, नीलो, गुलाबी’ लेखिएको छ। यो दर्ता हुँदा भनिए अनुसारको रङ होइन।

यातायात कार्यालय, भरतपुरका अधिकृत सुरेश चपाई पनि सवारीसाधनले कार्यालयको अनुमति लिएर मात्रै रङ परिवर्तन गर्न पाउने बताउनुहुन्छ तर बसका सञ्चालक तामाङले भने आफूलाई कार्यालय भरतपुरले दिएको जाँचपास प्रमाणपत्रमा नीलो रङको पनि अनुमति दिएको दाबी गर्नुभयो। “हेर्नुस् मसँग भएको प्रमाणपत्रमा नीलो रङको पनि अनुमति छ,” उहाँले भन्नुभयो।

रङका साथै बस सञ्चालन गर्ने सडक अनुमति (रुट परमिट) पनि दर्ता हुँदाको वीरगन्ज, नारायणगढ, पोखरा, बाग्लुङ हो। त्यसै अनुसार पटक पटक नवीकरण भएको छ तर यो बस अहिले चितवनका भित्री सडकमा निर्विवाद गुडिरहेको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका ट्राफिक प्रहरी निरीक्षक राजकुमार तामाङ कुनै पनि भाडाका गाडीले जुन रुट परमिट लिएका छन्, त्यसैमा मात्र चल्नुपर्ने बताउनुहुन्छ। बाहिर चलाउनु परे अस्थायी परमिट लिनु पर्छ। सो बसले अस्थायी पटके पनि लिएको देखिँदैन। यसरी रुट परमिट नलिई चलाइएका भाडाका सवारीसाधनबाट ट्राफिक प्रहरीले हरेक पटक एक हजार पाँच सय रुपियाँसम्म जरिबाना गर्न सक्ने उहाँले जनाउनुभयो।

गत साउन १७ गतेदेखि ‘ब्लु बस’ का रूपमा सञ्चालनमा आएको सो बस अहिले शक्तिखोर भरतपुर, नारायणगढ, रामनगर, नारायणगढबाट पश्चिमसम्मका भित्री सडकमा गुड्छ। बसका सञ्चालक भीमबहादुर तामाङ भने सो रुटमा अहिले पनि रुट परमिट नै नभएको दाबी गर्नुहुन्छ। “शक्तिखोर भरतपुर सडकमा रुट परमिट नै दिइँदैन। हामीले अन्यत्रकै परमिट लिएर चलाउने हो,” उहाँले भन्नुभयो।

सो बस रास्वपाले मासिक एक लाख ३५ हजार रुपियाँ तिर्ने गरी भाडामा लिएको हो। बसमा चढ्न रास्वपाले महिलाका लागि कार्ड बनाएको छ।

एम्बुलेन्स फिर्ता विवाद

राष्ट्रिय स्वतन्त्र पार्टी, स्वास्थ्य तथा जनसङ्ख्या विभाग, बागमती प्रदेशका संयोजक तथा कलेज अफ मेडिकल साइन्सका निर्देशक प्राडा मनोहर प्रधानले विवादित एम्बुलेन्स कलेज अफ मेडिकल साइन्स भरतपुर चितवन (पुरानो मेडिकल कलेज) लाई नै फिर्ता गरी मोबाइल क्लिनिकले अन्य सवारीसाधन प्रयोगमा ल्याएको बताउनुभयो तर उहाँकै कलेजले भने फिर्ता नभएको जनाएको छ। पुरानो मेडिकल कलेजको सवारीसाधन व्यवस्थापन युनिटका प्रमुख हिमनाथ घिमिरेले एम्बुलेन्स फिर्ता आएको नभई आउने जानकारी मात्र आएको बताउनुभयो।

“मेडिकल कलेजमा अहिलेसम्म त्यो एम्बुलेन्स फिर्ता आएको छैन। एम्बुलेन्स लैजाँदा जुन रङ र अवस्थामा थियो, त्यही अवस्थामा फिर्ता हुनु पर्छ भन्ने हाम्रो अडान छ। त्यो भएन भने हामी एम्बुलेन्सको चाबी बुझ्दैनौँ,” उहाँले भन्नुभयो। “एम्बुलेन्स डेन्टिङपेन्टिङका लागि अहिले काठमाडौँ लगिएको छ। यसको पुरानै रङ बनाएर मात्र कलेजमा ल्याइने छ,” उहाँले भन्नुभयो। आजको गोरखापत्र दैनिकमा खबर छ । वसन्त पराजुली/दीपक गौतम

 

सोमबार, साउन २२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न
आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान
स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला
कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै
रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन
गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

लोकप्रिय

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ४.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ५.
    आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६.
    आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

भर्खरै

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

  • ३.
    आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ४.
    स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

  • ५.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ६.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ७.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ८.
    फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.