• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, साउन ०१, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय समाचार

  • १. चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

समयमै अस्पताल पुर्‍याउन नसक्दा शिशुसहित सुत्केरीको मृत्यु

रुकुम पूर्व, २१ साउन
सुत्केरी व्यथा लागेको झण्डै २४ घण्टापछि रुकुम पूर्वमा शिशुसहित एक सुत्केरी महिलाको मृत्यु भएको छ । सिस्ने गाउँपालिका–१ भट्टेचौरकी २५ वर्षीया सपना बुढा र उनको नवजात शिशुको उपचारका क्रममा कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा शनिबार बिहान ११ बजेतिर ज्यान गएको हो ।

शुक्रबार बिहानदेखि सुत्केरी व्यथाले च्यापेपछि स्थानीय स्वास्थ्य संस्थामा पुर्‍याइएको तर त्यहाँ उपचार सम्भव नभएपछि शनिबार बिहान मात्रै हेलिकोप्टर मार्फत सुर्खेत लगिएको थियो । तर ढिलो गरी अस्पताल पुर्‍याउँदा आमा र बच्चा दुवैको ज्यान गएको स्वास्थ्यकर्मीहरूले बताए ।

यसअघि तीन सन्तानलाई जन्म दिएकी सपनाको यसअघिको सन्तानको पनि प्रसूतिकै क्रममा ज्यान गएको थियो । यसपटक हर तरहबाट प्रयास गर्दा पनि सफल नभएको सिस्ने स्वास्थ्य चौकीका प्रमुख अहेव काशिराम ओलीले बताए । ‘हामी हेलिकोप्टर पर्खिएर हिजोदेखि आज बिहानसम्म सकेको धेरै प्रयास गर्‍यौं । हेलिकोप्टरबाट सुर्खेत पठाएपछि ज्यान जोगिन्छ भन्ने लागेको थियो । तर सम्भव भएन ।’

धेरै रक्तस्राब भएको, रक्तसंञ्चार कम भएको जस्ता समस्या देखिएकाले सुत्केरीको ज्यान जोगाउन मुस्किल भएको सुर्खेतस्थित स्वास्थ्यकर्मीहरूले बताए ।

लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्लाका रुपमा रहेको रुकुमपूर्वमा जनस्वास्थ्यको अवस्था निकै कमजोर देखिन्छ । उच्च पहाडी र हिमाली भेगका सिस्ने–१ र २ का साथै अन्य केही ठाउँमा सडक पुगेकै छैन भने सडक पुगेका ठाउँमा पनि वर्षायाममा बिग्रिएका कारण सवारी पुग्ने अवस्था छैन ।

दुर्गम गाउँमा सुत्केरी व्यथा र अरु पनि स्वास्थ्य उपचारका लागि गाह्रो भएपछि मात्रै अस्पताल पुग्ने गरेका कारण जनस्वास्थ्यको अवस्था निकै कमजोर रहेको स्वास्थ्य कार्यालय रुकुमपूर्वका सूचना अधिकारी निमप्रसाद गिरीले बताए । रुकुमसहित थुप्रै जिल्लामा हरेक वर्ष नियमित स्वास्थ्य परीक्षण तथा प्रसूतिका लागि समयमै अस्पताल पुर्‍याउन नसक्दा महिलाहरूको मृत्यु हुने गरेको छ ।

आइतबार, साउन २१, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी
सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?
आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

लोकप्रिय

  • १.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

भर्खरै

  • १.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

  • २.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ६.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ८.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.