• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, साउन १४, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ

गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक

एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको घुईचो

गैँडाकोट आधारभूत अस्पताल र बीमा बोर्डबीच सहकार्य, भाद्र १ देखि सेवा सुरु हुने

एक्सपर्ट चितवनमा भोलि ५० बढी युनिभर्सिटी भेट्न पाइने

बाढीपहिरो: यी ११ सडक पूर्णरूपमा अवरुद्ध

बाग्लुङ्गका सुर्य लामिछानेद्धारा एनसीसी केन्द्रिय सदस्यमा उम्मेद्वारी

लोकप्रिय समाचार

  • १. गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक

  • २. ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

  • ३. आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ४. गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ

खतिवडाको `आतोओडा´ उपन्यासमाथि गैंडाकोटमा चर्चा

गैंडाकोट, २० साउन ।
जानुका खतिवडाको उपन्यास `आतोओडा’मा सन्थाल जातिका दैनन्दिन बुनिएको समीक्षक सरिता तिवारीले बताएकी छन् । सम्पूर्ण किताब नारायणगढको आयोजनामा शनिबार गैंडाकोटस्थित द नारायणी रिसोर्टमा भएको अन्तर्क्रिया कार्यक्रममा बोल्दै समीक्षक तिवारीले आतोओडा उपन्यासमा सन्थाल जातिका साधारण कुराका असाधारण पक्षहरू समेटिएको बताइन् । `उपन्यासमा साधारण कुरालाई पनि मीठो गरी आख्यानीकरण गरिएको छ, सन्थाल समुदायको पहिचानलाई समाजशास्त्रीय ढंगले उल्लेख गरिएको छ´, तिवारीले बताइन् । सन्थाल जातिको समग्र दु:ख, संघर्ष, परम्परालगायतका पक्षलाई लेखक खतिवडाले उपन्यासमा समेटेको सरिताले बताइन् ।

अर्का वक्ता उदय अधिकारीले सन्थाल जातिको सम्बन्ध झापा बिद्रोहसँग जोडिएको बताउँदै लेखक खतिवडाले उपन्यासमा झापाको राजनीतिक घटनाक्रमलाई भने नजोडेको बताए । `पुस्तकमा सन्थाल जातिको विविध प्रसङ्ग समेटिएको छ । तर सन्थाल जातिको समेत भूमिका जोडिएको झापाको राजनीतिक आन्दोलन भने पुस्तकले समेट्न सकेको छैन´, अधिकारीले भने । सन्थाल भाषाका शब्दहरुको नेपाली अर्थ दिएर उपन्यासकारले पाठकलाई सजिलो पारिदिएको पनि उनले बताए ।

अर्का वक्ता रमेश प्रभातले आख्यानकार जानुका खतिवडाको आतोओडा उपन्यास फूलमुनी, टुडुलगायत समस्त भूमिहीन सन्थाल जातिको कथा भएको बताए । आफूहरु भूमिपुत्र भएर पनि भूमिहीन भएका कारण वर्षैपिच्छे बासका लागि ठाउँ फेरिरहनु पर्ने बाध्यतालाई यसमा मार्मिक रुपमा चित्रण गरिएको उनले बताए । `समाजमा आर्थिक रुपमा पछि परेका कारण हेपिएर बाँच्नु परेका भूमिहीन सन्थाल जातिको कथालाई नेपाली पाठकका सामु ल्याउनु उपन्यासकार जानुका खतिवडा र उनको आतोओडा उपन्यासको प्राप्ति हो´, प्रभातले भने ।

विशेषगरी पूर्वीतराईमा बसोबास गर्ने र समाजमा आर्थिक रुपमा पछि परेका कारण हेपिएर बाँच्नु परेका भूमिहीन सन्थाल जातिको कथालाई यो उपन्यासले चित्रण गर्न खोजेको उनले बताए ।

झापाको गौरादहमा जन्मिएकी लेखक जानुका खतिवडाले आफ्नै सेरोफेरोको कथालाई उपन्यासमा उतारेको बताइन् । सन्थाल जातिसँगको आफ्नो संगत र उनीहरूको जीवनचर्यालाई समेट्दै किताब लेखेको उनले बताइन् । कलम प्रकाशनका नरेन्द्रकुमार नगरकोटीले उपन्यासको मुख्य मुद्दा भूमिहीन सन्थालहरुको पीडा भएको बताउँदै किताबको पाण्डुलिपि पढेपछि नेपाली आख्यानजगतमा राम्रो किताब दिन सकिन्छ भनेर किताब प्रकाशन गरेको बताए । कार्यक्रमलाई सम्पूर्ण किताबका लेखराम सापकोटाले सहजीकरण गरेका थिए । किताबको मूल्य ३३५ रुपैयाँ छ । यो उपन्यास पद्मश्री साहित्य पुरस्कार २०७९ को उत्कृष्ट १५ सुचीमा सुचीकृत छ ।

शनिबार, साउन २०, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी
आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल
गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ
गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक
एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको घुईचो
गैँडाकोट आधारभूत अस्पताल र बीमा बोर्डबीच सहकार्य, भाद्र १ देखि सेवा सुरु हुने

लोकप्रिय

  • १.
    गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक

  • २.
    ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

  • ३.
    आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ४.

  • ५.
    एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको घुईचो

  • ६.
    गैँडाकोट आधारभूत अस्पताल र बीमा बोर्डबीच सहकार्य, भाद्र १ देखि सेवा सुरु हुने

  • ७.
    एक्सपर्ट चितवनमा भोलि ५० बढी युनिभर्सिटी भेट्न पाइने

  • ८.
    बाढीपहिरो: यी ११ सडक पूर्णरूपमा अवरुद्ध

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.