चितवन । भरतपुरको मनकामना अस्पतालमा उपचारको क्रममा एक महिलाको मृत्यु भएपछि २७ लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति तिरेको छ । अस्पताल प्रशासन र मृतका आफन्तबीच आज भएको वार्तापछि अस्पतालले गल्ती स्वीकार गर्दै क्षतिपूर्ति दिएको हो ।
भरतपुर महानगरपालिका वडा नं। २६ की ३५ वर्षिया नविना महतोको उपचारको क्रममा शुक्रबार राती मृत्यु भएको थियो । मृतकका पति मणिकलाल महतोका अनुसार गत बिहीबार उपचारका लागि ल्याएको उनको गएराती (शुक्रबार राती) १ बजेको समयमा अस्पतालले मृत्यु भएको जानकारी दिएको थियो ।
मृतकका आफन्तले अस्पतालले गल्ती स्वीकार गर्नुपर्ने बताउँदै आएका थिए । सहमतिपछि अस्पतालले आजै २७ लाख ५० हजारको चेक हस्तान्तरण गरेको छ । सहमतिपछि परिवार शव बुझेको छ ।