चितवन, साउन १६-
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपालमा फर्कन चाहनेका लागि सय जना भन्दा बढीलाई जागिरको व्यवस्था गरेको जानकारी दिएका छन् । सामाजिक सञ्जाल फेसबुक मार्फत सभापति लामिछानेले बिना पैसा रोजगारी दिने व्यवस्था गरेको सार्वजनिक गरेका हुन् ।
‘चुनावमा आफुले बोले अनुसार फ्री टिकटमा नेपालमै फर्किन चाहनेका लागि १०० भन्दा बढी जागिरको ब्यवस्था गरेका छौं, त्यो पनि ‘बिना ढेउवा के’ । अहिलेकालागि यी रोजगारी खोजीएको हो, छिट्टै रोजगारी सृजना गर्ने वातावरण बनाउने छौँ, ’उनले फेसबुकमा लेखेका छन्।
उनले विदेश लैजाने मेनपावर कम्पनीहरुको विज्ञापनहरु देशका पत्रिका, अनलाइन र चोकका पसलहरुमा छापिएको बताएका छन् । उनले आफुले उपनिर्वाचनमा विजय हासिल गरेको सय दिन पुरा भएको उपलक्ष्यमा विभिन्न कार्यक्रम सार्वजनिक गर्ने समेत जानकारी दिएका छन् । ‘मैले उपनिर्वाचनमा विजय हासिल गरेको, भोलि १०० दिन पूरा हुदैछ । बोलेका थुप्रै काम (स्टन्ट) बारे भोलि दिनभरी विभिन्न कार्यक्रम मार्फत जानकारी दिँदैछु । भोलि दिन भरी मलाई फेसबुकमा फलो गरिदिनु होला’–उनले फेसबुकमा लेखेका छन् ।