गुल्मी ।
गुल्मीमा कुलो खन्दा तीन जना घाइते भएका छन् । जिल्लाको सत्यवती गाउँपालिका वडा नम्वर २ चेहमी सिंचाई कुलो खन्ने क्रममा अचानक माथिबाट पहिरो खस्दा सोही वडाका ६८ वर्षीय भगवती कुँवर,वर्ष ४६ की लक्ष्मी दर्जी र ४१ वर्षकी प्रेमकला कुँवर घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।
घाइतेको खुट्टा र शरीरका अन्य भागमा चोट लागेकाले पाल्पाको मिसन अस्पतालमा उपचार भइरहेको पाण्डेले बताउनु भयो। घटनाको बारेमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।



