काठमाडौं, साउन ११-
काठमाडौंको सिनामंगलमा गाडी बिजुलीको पोलमा ठोक्किएको छ।
बुधबार मध्यराति साढे १२ बजे सिनामंगलस्थित होन्डा शोरूम अगाडि पिकअप गाडीले बिजुलीको ट्रान्सफर्मर र पोलमा ठक्कर दिएको हो।
सिनामंगलबाट भत्केको पुल जाँदै गरेको बा १२ च ६५१ नम्बरको गाडी दुर्घटनामा परेको हो।
दुर्घटनामा मानवीय क्षति नभएको ट्राफिक प्रहरीले जनाएको छ। दुर्घटनाले बिजुलीको ट्रान्सफर्मर र गाडीमा क्षति पुगेको छ।