बैतडी साउन ८
बैतडीको पुर्चाैडी नगरपालिका वडा नम्बर–२ को भैरु टोलमा पहिरोले घर पुरिदा आमाछोराको मृत्यु भएको छ । पहिरोमा पुरिएर स्थानीय २५ वर्षीया अन्जु जागरी र उनका चार वर्षीय छोरा रिजनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख एवं डीएसपी प्रेमबहादुर शाहीले जानकारी दिए ।
अञ्जुका १७ वर्षीय देबर देबर गोब्बरको प्रहरीले सकुशल उद्धार गरेको छ। उनलाई उपचारका लागि स्थानीय अस्पतालमा लगिँदै छ। घर पछाडिबाट खसेको पहिरोमा घर पूर्ण रुपमा पुरिएको शाहीले बताए।



