पोखराको फुर्सेखोलामा एकजना युवाको शव भेटिएको छ । हिजो मिति २०८०/०४/०६ गते अन्दाजी १६:३० बजे पोखरा महानगरपालिका वडा न १७ पावरहाउस स्थित फुस्रे खाेलामा पौडी खेल्न गएका ४ जना मध्य एक जना युवा बेपत्ता भएका थिए ।
पौडी खेल्ने क्रममा अन्दाजी २१/२२ वर्षको नाम नखुलेको युवा डुवेको देखेपछि त्यही नजिकै रहेका एकजना युवाले उद्दारको प्रयास गरेपनि उनको प्रयास असफल भएपछी उनले प्रहरीलाई खबर गरेका थिए ।
फुर्सेखोलामा पौडी खेल्न ४ जना गएका मध्य एकजना डुबेको र घटनास्थलमा पुग्दा उनी संगै आएका तिन जना ३ जना साथिहरू फरार रहेकाे श्रोतले बताएको छ । पोखराको वडा प्रहरी कार्यालय विदामबाट खटिएको प्रहरीको टोलीले घटनास्थलमा स्कुटरको हेलमेट र चापि फेला पारेको थियो ।
घटनास्थल भन्दा केहि माथी सडकमा रहेको स्कुटरमा चापीले खोल्ने प्रयास गर्दा चापी मिलेको थियो । त्यसपछि प्रहरीको टोलीले स्कुटर बैदाम लगेकाे छ भने स्कुटरकाे माध्यमबाट सम्पूर्ण विवरण पत्ता लगाउने प्रयास गरिएको छ ।
नेपाल प्रहरीको तालिम प्राप्त टोली र सशस्त्र प्रहरीको पोखरा ५ मालेपाटनमा रहेको कालिका गणको तालिम प्राप्त गोताखोरको टोलीले रातीको समयमा पनि पानी मुनी गएर खोजीकार्य अगाडी बढाएको थियो । अक्सिजन सिलिन्डर र टर्च बत्तीको सहायतामा खोजि गर्दै जाने क्रममा सशस्त्र प्रहरीको तालिम प्राप्त टोलीले शव फेला पारेको हो ।
शवलाई हिजो १९:५० बजे शसस्त्रको गाेदाखर टाेलिले फेला पारि वैदाम प्रहरीकाे जिम्मा लगाएको थियो । उक्त शवलाई प्रहरीको टोलीले मुचुल्का गरि शवलाई पोखराको पस्चिमाञ्चल क्षेत्रिय अस्पताल लगिएको छ ।



